१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३०६

बेलायती राजकुमार फिलिपको निधन

बेलायती राजकुमार फिलिप (डयुक अफ एडिनबरा) को निधन भएको छ । स्थानीय समयअनुसार शुक्रबार बिहान फिलिपको निधन भएको बकिङघम प्यालेसले घोषणा गरेको हो । फिलिप ९९ वर्षका थिए ।

बेलायती राजकुमार फिलिपको निधन

राजदरबारले विज्ञप्तिमा जारी गर्दै महारानीले आफ्ना श्रीमान्‌ ड्यूक अफ एडिनबरा राजकुमार फिलिपको निधन भएको घोषणा गरेको उल्लेख गरेको छ ।

राजकुमार फिलिप महारानी एलिजाबेथ द्वितीयाका श्रीमान् हुन् । उनी सन् १९४७ मा बेलायती महारानी एलिजाबेथसँग वैवाहिक जीवनमा गाँसिएका थिए । सन् २०१७ को अगस्टदेखि भने उनले सार्वजनिक जिम्मेवारीबाट संन्यास लिएका थिए ।

द ड्यूक अफ एडिनबराको उपाधिले चिनिने राजकुमार फिलिपलाई एक महिना बेलायती अस्पतालमा भर्ना गरी उपचारपछि उनको निवासमा लगिएको थियो ।

राजकुमार फिलिप ‘ग्रीक आइल्यान्ड अफ कोर्फु’मा सन् १९२१, जुन १० मा जन्मिएका थिए । उनी हेलेन्सका राजा जर्ज प्रथमका कान्छा छोरा थिए ।

प्रकाशित : चैत्र २७, २०७७ १८:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?