कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विश्‍वकप छनोट :  फ्रान्स र युक्रेनबीच बराबरी, नेदरल्यान्ड्स टर्कीसँग पराजित

एजेन्सी

पेरिस — विश्वकप विजेता फ्रान्स सन् २०२२ को विश्वकप छनोटमा बुधबार युक्रेनसँग  १–१ को बराबरीमा रोकिएको छ ।

विश्‍वकप छनोट :  फ्रान्स र युक्रेनबीच बराबरी, नेदरल्यान्ड्स टर्कीसँग पराजित

फ्रान्सले खेलको १९औं मिनेटमा एन्टोन ग्रिजमनको गोलले अग्रता लिएको थियो । तर खेलको ५७औं मिनेटमा प्रिस्नेल किपेम्बेको आत्मघाती गोलमा युक्रेनले बराबरी गरेको हो ।

नेदरल्यान्ड्स भने टर्कीसँग ४–२ ले स्तब्ध रह्यो । टर्कीका लागि बुराक यिलमजले ह्याट्रिक पनि गरे ।

अन्य खेलमा पोर्चुगलले अजरबैजानलाई १–०, सर्बियाले आयरल्यान्ड गणतन्त्रलाई ३–२, बेल्जियमले वेल्सलाई ३–१, चेक गणतन्त्रले इस्टोनियालाई ६–२, नर्वेले जिब्राल्टरलाई ३–०, रुसले माल्टालाई ३–१ र स्लोभेनियाले क्रोएसियालाई १–० ले हरायो ।

यस्तै फिनल्यान्ड र बोस्निया हर्जगोभिनाले २–२ र साइप्रस र स्लोभाकियाले गोलरहित बराबरी खेले ।

प्रकाशित : चैत्र १२, २०७७ ०६:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?