कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अमेरिकी संसद्‍मा घूसपैठको आशंकामा सुरक्षा व्यवस्था कडा

एजेन्सी

वासिङ्टन — अमेरिकी संसद् भवन क्यापिटल हिलमा ‘सम्भावित घूसपैठको षड्यन्त्र भएको भन्दै’ प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको छ । 

अमेरिकी संसद्‍मा घूसपैठको आशंकामा सुरक्षा व्यवस्था कडा

एक मिलिसिया समूहले मार्च ४ मा संसद् भवनमा हमला गर्ने योजना बनाएको गुप्तचर निकायको सूचनाका आधारमा सुरक्षा व्यवस्था कडा पारिएको बीबीसीले जनाएको छ । गुप्तचर निकायको सूचनापछि अमेरिकी तल्लो सदन हाउस अफ रेप्रिजेन्टेटिभ्सको बिहीबारको सत्र स्थगित गरिएको छ । माथिल्लो सदन सिनेटको कार्यसूची भने जारी रहने जनाइएको छ । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकहरूले संसद् भवनमा जनवरी ६ मा आक्रमण गरेका थिए ।

अमेरिकी राष्ट्रपतिमा जो बाइडेन निर्वाचित भएको प्रमाणित गरिरहेको समयमा ट्रम्प समर्थहरू संसद् भवनभित्र जबर्जस्ती पसेर आक्रमण गरेका थिए । नोभेम्बरमा भएको चुनावमा आफू पराजित भएको ट्रम्पले अझै स्वीकारेका छैनन् । अमेरिकी संसद् भवनका प्रहरीका अनुसार गुप्तचर निकायले बिहीबार ट्रम्प पुनः राष्ट्रपतिमा पुनःस्थापित हुने अपेक्षासहित मिलिसिया समूहले घूसपैठ गर्न सक्ने षड्यन्त्र गरेको सूचना आफूहरूले पाएको बताएको हो ।

अपरिचित मिलिसिया समूहले मार्च ४ मा अमेरिकी क्यापिटलमा नियन्त्रण जमाउने र डमोक्रेटिक दलका सांसदलाई हटाउने योजनाबारे फेब्रुअरी अन्तिममा छलफल गरेका’ संघीय जाँच ब्युरो र गृह मन्त्रालयले उल्लेख गरेको हो । क्यापिटल हिल प्रहरीले त्यस्तो आक्रमणबारे सूचना आएको जनाए पनि ‘संवेदनशीलताका कारण थप जानकारी दिएन ।

प्रकाशित : फाल्गुन २१, २०७७ ०९:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?