जापानसँग वार्ता गर्न कोरिया तयार- विश्व - कान्तिपुर समाचार

जापानसँग वार्ता गर्न कोरिया तयार

एजेन्सी

सोल — दक्षिण कोरियाका राष्ट्रपति मुन जाय–इनले आफूहरू जापानसँग वार्ता गर्न तयार रहेको बताएका छन् ।

राष्ट्रपति मुनले दुई देशबीचका कैयौं ऐतिहासिक तथा व्यापारिक विषयमा वार्ता गर्न आवश्यक रहेको बताएका हुन् । ‘हाम्रो सरकार जापानसँग कुनै पनि बेला वार्ताको टेबुलमा बस्न तयार छ । मलाई लाग्छ सबै असमझदारीहरू त्यस्तो वार्ताबाट हट्नेछन्,’ मुनले भने ।

दक्षिण कोरियाको १०२ औं स्वतन्त्रता दिवसका अवसरमा मुनले राष्ट्रिय टेलिभिजनमार्फत गरेको सम्बोधनका क्रममा वार्ताको प्रस्ताव गरेका हुन् । विभिन्न विवादास्पद मुद्दाहरुका कारण दक्षिण कोरिया र जापानबीचको सम्बन्ध सुमधुर छैन ।

जापानले कोरियाली महिलाहरूलाई यौनदासीका रूपमा राख्ने गरेको छ । त्यसका साथै अन्य केही ऐतिहासिक र व्यापारिक मुद्दाबारे दुई देशबीच मतभेद जारी छ । ती विषयबारे दुई देशबीच विभिन्न समयमा वार्ता हुने गरेका भए पनि समाधान निस्केको छैन । पछिल्ला केही वर्षयता दुई देशबीचको कूटनीतिक सम्बन्धमा दरार उत्पन्न भएको छ ।

प्रकाशित : फाल्गुन १८, २०७७ १३:०८
प्रतिक्रिया
पठाउनुहोस्

दोभान बजारको आगलागी [तस्बिरहरु]

आनन्द गौतम

ताप्लेजुङ — ताप्लेजुङको मेरिङदेन गाउँपालिकाको दोभान बजारमा मंगलबार बिहान भीषण आगलागी भएको छ । बिहान ९ बजेतिर एक घरबाट सल्किएको आगो बस्तीभरि फैलिएको हो । यतिबेला आगो थप फैलिनबाट रोकिएको छ ।सदरमुकाम फुङलिङबाट आएको दमकल र एक्स्काभेटरको सहायताले बजारमा थप आगो फैलिन रोकिएको हो । आगलागी फैलन नदिन डोजरले कच्ची घरहरू भत्काएको थियो ।

स्थानीय गोपाल खवासका अनुसार आगो भोला पौडेलको घरबाट सल्किएको हो । पौडेलको घरमा रहेको कपडा पसलमा बिजुली सर्ट भएर आगो लागेको उनले जानकारी दिए । बिहानको समयमा मानिसहरू ब्युँझिसकेको र आगो लाग्नेबित्तिकै बाहिर निस्कन पाएकाले मानवीय क्षति हुनबाट जोगिएको पनि गाउँपालिका अध्यक्ष गणेश लिम्बूले जानकारी दिए । दोभान जिल्लाकै दोस्रो ठूलो व्यापारिक केन्द्र हो ।


प्रकाशित : फाल्गुन १८, २०७७ १३:०५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×