कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

माल्दिभ्समा १ लाखलाई दिइयो खोप 

एजेन्सी

माले — माल्दिभ्समा आइतबारसम्म एक लाख जनालाई कोरोना भाइरसविरुद्धको खोपको पहिलो मात्रा दिइएको स्वास्थ्य सुरक्षा निकाय (एचपीए) ले जनाएको छ ।

माल्दिभ्समा १ लाखलाई दिइयो खोप 

‘कोरोना भाइरसविरुद्धको खोप अभियान सफल पार्न सरकारलाई सहयोग गर्ने सर्वसाधारण, स्वास्थ्यकर्मी, स्वयंसेवकलगायत सम्पूर्ण व्यक्तिलाई सरकार धन्यवाद दिन चाहन्छ,’ एचपीएले आफ्नो आधिकारिक ट्वीटर पेजमा लेखेको छ । एचपीएको तथ्यांकअनुसार ग्रेटर माले भनी चिनिने राजधानी र वरपरका क्षेत्रहरूका ७२ हजार ८ सय ७२ व्यक्तिसहित कुल १ लाख ५ हजार ४ सय ९२ जनाले आइतबारसम्ममा खोप लिइसकेका छन् ।

माल्दिभ्समा फेब्रुअरी १ देखि खोप अभियान थालिएको हो । अधिकारीहरूले केही महिनाभित्र सम्पूर्ण नागरिकलाई खोप उपलब्ध गराउने बताएका छन् । माल्दिभ्सले झन्डै ११ लाख खोप खरिद प्रक्रिया अघि बढाएको सरकारको भनाइ छ । माल्दिभ्समा भारतको सिरम इन्स्टिच्युटले उत्पादन गरेको कोभिसिल्ड खोपलाई प्रयोगमा ल्याइएको छ ।

माल्दिभ्सले २५ वर्षभन्दामाथि वा अति जोखिमको तहमा रहेका १८ देखि २५ वर्ष उमेर समूहका गैर–नागरिक र कागजात नभएका आप्रवासीका लागि पनि खोपलाई निःशुल्क प्रदान गर्ने बताएको छ । एचपीएका अनुसार शनिबारसम्म माल्दिभ्समा १९ हजार ५ सय ९७ जनालाई कोभिड–१९ संक्रमण पुष्टि भएको छ । यसमध्ये १७ हजार १ सय ३२ जना पूर्ण स्वस्थ भई घर फर्किएका छन् । ६१ जना संक्रमितले भाइरसका कारण ज्यान गुमाइसकेका जनाइएको छ ।

प्रकाशित : फाल्गुन १७, २०७७ १०:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?