कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सैनिक ‘कु’ को विरोधमा म्यान्मारमा प्रदर्शन, प्रहरीको गोलीले १० जनाको मृत्यु

एजेन्सी

यांगुन — सैनिक ‘कु’ को विरोधमा म्यान्मारमा गरिएको प्रदर्शनका क्रममा प्रहरीले गोली चलाउँदा कम्तीमा १० जनाको मृत्यु भएको छ । कम्तीमा १२ जना घाइते भएका छन् ।

सैनिक ‘कु’ को विरोधमा म्यान्मारमा प्रदर्शन, प्रहरीको गोलीले १० जनाको मृत्यु

यांगुन, दावेई र म्यान्डलेमा गरिएका प्रदर्शन दबाउन प्रहरीले आइतबार अत्याधिक बल प्रयोग गरेको जनाइएको छ । त्यसक्रममा प्रहरीले गोली, अश्रुग्यांस, लाठी तथा पानीका फोहोरा हानेको बीबीसीले उल्लेख गरेको छ ।

म्यान्मारमा फेब्रुअरी १ मा सेनाले सत्या हत्याएपछि विरोधमा दिनहुँ प्रदर्शन हुँदै आएको छ । तर आइतबार सुरक्षाकर्मीले गरेको दमन त्यसयताकै हिंसात्मक भएको जनाइएको छ । सामाजिक संजालमा पोष्ट गरिएका दृष्यहरुमा प्रहरीले प्रदर्शनकारीलाई लखेटि लखेटि कुटेका र केयौं मानिसहरु रक्ताम्य भएका देखिन्छ । तर सामाजिक संजालमा सार्वजनिक अपुष्ट विवरणअनुसार आइतबारका प्रदर्शनमा प्रहरीले गरेको दमनका क्रममा कम्तीमा २० जनाको मृत्यु भएको छ ।

सबैभन्दा ठूलो सहर यांगुनमा अश्रुग्यांसले प्रदर्शनकारीलाई भगाउन नसकेपछि प्रहरीले गोली तथा स्टन ग्रिनेट प्रहार गरेको हो । यांगुनमा कम्तीमा ५ जनाको मृत्यु भएको चिकित्सक तथा मानवअधिकारवादीले पुष्टि गरेका छन् ।

‘हामी प्रदर्शनस्थलमा आउनेबित्तिकै प्रहरीले गोली चलायो । उनीहरुले चेतावनीको एक शब्दसम्म पनि उच्चारण गरेनन् । केही शिक्षकहरु गम्भिर घाइते भएका छन् र केहि नजिकैका घरहरुमा लुकेका छन्,’ प्रदर्शनकारी एमी क्यावलाई उद्धृत गर्दै समाचार संस्था एएफपीले जनाएको छ । उनका अनसार केहि प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यसैगरी, दावेई शहरमा गरिएको र्‍यालीका क्रममा प्रहरीले दर्जनौं राउण्ड गोली चलाएको थियो । त्यहाँ कम्तीमा ४ जनाको मृत्यु भएको हो । अन्य एक प्रदर्शनकारीको म्यान्डले सहरमा ज्यान गएको हो ।

प्रकाशित : फाल्गुन १६, २०७७ १८:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?