कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कोभ्याक्सले थाल्यो खोप वितरण

एजेन्सी

आक्रा — संयुक्त राष्ट्रसंघको कोभ्याक्स कार्यक्रमअन्तर्गत कोरोना भाइरसविरुद्धको खोप वितरण सुरु भएको छ । गरिब तथा अल्पविकसित मुलुकलाई लक्ष्य गर्दै विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोभ्याक्सअन्तर्गत खोप उपलब्ध गराउने नीतिअनुरूप पहिलोपटक अफ्रिकी मुलुक घानामा खोप पठाइएको हो ।

कोभ्याक्सले थाल्यो खोप वितरण

युनिसेफ र डब्लूएचओले संयुक्त विज्ञप्तिमार्फत अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेकाले उत्पादन गरेको ६ लाख मात्रा खोप आक्रास्थित अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार पुर्‍याइएको जनाएका छन् । उक्त खोप भारतस्थित सिरम इन्स्टिच्युट अफ इन्डियामा उत्पादन भएको हो । ‘कोरोना महामारीले थला पारेको झन्डै एक वर्षपछि घानाले यसविरुद्धको खोप प्राप्त गरेको छ । योसँगै यहाँका जनताको दैनिकीलाई पहिलेकै अवस्थामा फर्काउने कार्य सुरु भएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

३ करोड जनसंख्या भएको घानामा मंगलबारसम्म ८१ हजार २ सय ४५ जनामा संक्रमण पुष्टि भएकोमा ५ सय ८४ जनाको मृत्यु भएको छ । खोप अभियान आगामी मार्च २ बाट सुरु हुने घानाका सूचनामन्त्री कोजो अपोङ क्रुमले बताएका छन् ।

सन् २०२१ भित्र विश्वका १ सय ९० मुलुकमध्ये ९२ गरिब मुलुकमा कोभाक्सअन्तर्गतको २ अर्ब मात्रा खोप पुर्‍याइने लक्ष्य राखिएको छ । जसका लागि हालसम्म ६ अर्ब अमेरिकी डलर संकलन भइसकेको छ भने अझै २ अर्ब डलर आवश्यक पर्ने देखिएको डब्लूएचओको ।


प्रकाशित : फाल्गुन १३, २०७७ ०९:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?