कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४०

कोरियाली वर्कर्स पार्टीको महासचिवमा किम निर्वाचित

एजेन्सी

सोल — उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ–उन सत्तारूढ दल वर्कर्स पार्टीको महासचिवमा निर्वाचित भएका छन् । पार्टीको आठौं अधिवेशनले किमलाई महासचिवमा निर्वाचित गरेको राज्यद्वारा सञ्चालित कोरियाली समाचार संस्थाले सोमबार जनाएको छ ।

कोरियाली वर्कर्स पार्टीको महासचिवमा किम निर्वाचित

पार्टीको महासचिवका रुपमा उनभन्दा अगाडि उनका बुबा र त्योभन्दा अगाडि हजुरबुबाले नेतृत्व प्रदान गरेका थिए । पार्टीको महाधिवेशन र बैठकले किमलाई महासचिव बनाउने विषयमा सर्वसम्मत निर्णय गरेको समाचारमा जनाइएको छ ।

उत्तर कोरियाको सर्वोच्च नेता उत्तर कोरियाली सेनाको सर्वोच्च कमान्डरसमेत रहने व्यवस्था छ । त्यसबाहेक उनी राज्यका अरू पनि धेरै प्रमुख जिम्मेवारीमा रहेका छन् । उनले केही समयअघि पार्टीको अर्को शक्तिशाली जिम्मेवारी आफ्नै बहिनीलाई दिएका थिए । सत्तारूढ दलमा उनको परिवारको दबदबा रहेको छ ।

उत्तर कोरियाको वर्कर्स पार्टीको महासचिवमा निर्वाचित भएकोमा किमलाई चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव तथा चिनियाँ राष्ट्रपति सी चिनफिङले बधाई दिएका छन् ।

सीले सोमबार किमलाई बधाई सन्देश पठाउँदै आगामी कार्यकाल थप प्रभावकारी बनाउन शुभकामना पनि दिएका छन् । महासचिवका रूपमा किमसंगको सहकार्य पनि राम्रो हुने सीको विश्वास छ ।

प्रकाशित : पुस २८, २०७७ ०९:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?