कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जर्जियाका दुई सिटमा डेमोक्रेटिक उम्मेदवार विजयी

दुवै स्थानमा आफ्ना उम्मेदवार विजयी भएसँगै डेमोक्रेटिक पार्टीले सिनेटमा बहुमत पुर्‍याउने भएको छ।
एजेन्सी

एटलान्टा — अमेरिकाको जर्जिया राज्यमा सिनेटको दुई स्थानका लागि मंगलबार भएको निर्वाचनमा दुवै सिटमा  डेमोक्रेटिक पार्टीका उम्मेदवार विजयी भएका छन् ।

जर्जियाका दुई सिटमा डेमोक्रेटिक उम्मेदवार विजयी

अमेरिकी सञ्चारमाध्यमहरूले जर्जिया राज्यमा २ सिनेट सदस्यका लागि भएको निर्वाचनमा डेमोक्रेटिक पार्टीका उम्मेदवार राफेल वार्नोक र जोन ओससफ विजयी भएको जनाएका हुन् । रिपब्लिकन पार्टीबाट सिनेटर केल्ली लोफलर दोस्रो कार्यकालका लागि प्रतिस्पर्धामा उत्रेका थिए । सीबीएस, एनबीसी र सीएनएनले सिनेटर केल्ली झिनो मतान्तरले पराजित भएका जनाएका छन् । यद्यपि केल्लीले आफूले हार स्वीकार गरेका छैनन् । वार्नोक जर्जियाका तर्फबाट सिनेटर चुनिने पहिलो अश्वेत हुन् । त्यस्तै, अमेरिकी इतिहासमा सिनेटर निर्वाचित हुने उनी ११औं अश्वेत व्यक्ति हुन् ।

अमेरिकी गृहयुद्धका दौरान जर्जिया दासप्रथा पक्षधरहरूको पकडमा रहेको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका लागि यो पराजय निकै पीडादायी हुने अनुमान गरिएको छ । जर्जियाकै अर्को स्थानका लागि भएको निर्वाचनको मतगणना जारी छ, र त्यहाँ पनि रिपब्लिकन र डेमोक्रेटिक पार्टी दुवैका उम्मेदवारबीच कडा प्रतिस्पर्धा भइरहेको छ । डेमोक्रेटिकका जोन ओससफले ५०.२८ प्रतिशत मत ल्याएका छन् भने रिपब्लिकन पार्टीका डेभिड परड्युले ४९.७२ प्रतिशत मत ल्याएका छन् । त्यस्तै वार्नोकले ५०.७० प्रतिशत मत प्राप्त गर्दा रिपब्लिकन उम्मेदवार लोफलरले ४९.३० प्रतिशत मत प्राप्त गरिन् ।

गत नोभेम्बरमा कुनै पनि पार्टीका उम्मेदवारले ५० प्रतिशत मत कटाउन नसकेपछि यहाँ पुनः निर्वाचन गरिएको हो । दुवै स्थानमा आफ्ना उम्मेदवार विजयी भएसँगै डेमोक्रेटिक पार्टीले सिनेटमा बहुमत पुर्‍याउने भएको छ। योसँगै डमोक्रेटिक दलका तर्फबाट ४ वर्षका लागि राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले आफूले चाहेका योजना र कार्यक्रम सहजै पारित गराउन सक्नेछन् ।

नोभेम्बर ३ मा भएको चुनावमार्फत राष्ट्रपतिमान निर्वाचित भएका बाइडेनले जनवरी २० मा कार्यभार सम्हाल्दै छन् । रिपब्लिकन पार्टीले दुईमध्ये एक स्थान जिते पनि सिनेटमा उनीहरूको बहुमत कायम हुनेछ । १ सय सदस्यीय सिनेटमा हाल रिपब्लिकनका ५२ सदस्य छन् ।

अमेरिकी राजनीतिक प्रणालीमा माथिल्लो सदन सिनेटलाई निकै शक्तिशाली मानिन्छ, जसले राष्ट्रपतिका हरेक कार्यमाथि कडा निगरानी राख्न सक्छ । अमेरिकाको तल्लो सदन (कंग्रेस) मा डेमोक्रेटिक पार्टीको बहुमत छ । तर, नीति–नियम पारित गर्नका लागि तल्लो सदनबाट पारित भएर मात्रै पुग्दैन, माथिल्लो सदनबाट पनि अनुमोदन हुनुपर्छ । माथिल्लो सदनमा ५० सदस्य रिपब्लिकन पार्टीका छन् भने ४८ सदस्य डेमोक्रेटिक पार्टीका छन् । त्यसैले, जर्जियाका दुई निर्वाचन क्षेत्रको नतिजालाई महत्त्वपूर्ण मानिएको हो ।

यदि दुवै सिटमा यहाँ डेमोक्रेटिक पार्टी विजयी भएमा सिनेटमा दुवै पार्टीका सदस्य बराबर अर्थात् ५०–५० जना हुनेछन् । अमेरिकी संविधानअनुसार सिनेटमा बराबरीको मत विभाजन भएको अवस्थामा उपराष्ट्रपतिले सिनेट अध्यक्षको हैसियतमा आफ्नो मत दिएर नीति–नियम पारित गर्न निर्णायक भूमिका खेल्न सक्नेछन् ।

प्रकाशित : पुस २३, २०७७ ०८:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?