कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

१६ वर्षीया ग्रेटा थनवर्ग बनिन् टाइमको वर्ष व्यक्ति

एजेन्सी

चर्चित जलवायु परिवर्तन अभियन्ता ग्रेटा थनवर्ग टाइम पत्रिकाले वर्ष व्यक्ति घोषणा गरेको छ ।

१६ वर्षीया ग्रेटा थनवर्ग बनिन् टाइमको वर्ष व्यक्ति

१६ वर्षीया यी स्विडिस बालिकाले जलवायु परिवर्तन र यसका असरबारे विश्वमा आवाज उठाउँदै आइरहेकी छन् ।

टाइमको इतिहासमा पहिलो पटक सबैभन्दा कम उमेरको व्यक्तिलाई वर्ष व्यक्ति घोषणा गरिएको हो । टाइमले सन् १९२७ देखि वर्ष व्यक्ति घोषणा गर्दै आएको छ ।


मेड्रिडमा जारी जलवायु परिवर्तन सम्बन्धिको अन्तर्राष्ट्रिय सम्मेलनमा ग्रेटाले अब आउने दशकले विश्वको भविष्य निर्धारण गर्ने बताएकी छन् ।

उनले गत वर्ष स्वीडेनको सांसद भवन अगाडि वातवरणीय मुद्दा उठाउँदै चर्चा आएकी थिइन् । उनको 'फ्राइडेज फर फ्यूचर' ट्वीटरमा चर्चित बनेको थियो ।

यो पनि पढ्नुहोस्ः

ग्रेटाको जलवायु परिवर्तनविरुद्धको आन्दोलन- ‘स्कुल स्ट्राइक फर क्लाइमेट’

प्रकाशित : मंसिर २५, २०७६ २०:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?