कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मिखाइल मिसुस्टिन रूसका नयाँ प्रधानमन्त्री

एजेन्सी

मस्को — मिखाइल मिसुस्टिन रूसका नयाँ प्रधानमन्त्री निर्वाचित भएका छन् । रूसको तल्लो सदन ‘डुमा’ ले ५३ वर्षीय उनलाई नयाँ प्रधानमन्त्रीमा निर्वाचित गरेको हो । सदनमा उपस्थित शतप्रतिशत सदस्यले उनलाई समर्थन गरेका थिए । रूसको तल्लो सदन ४ सय २४ सदस्यीय छ । ४१ जना भने अनुपस्थित थिए ।

मिखाइल मिसुस्टिन रूसका नयाँ प्रधानमन्त्री

सदनले निर्वाचित गरेसँगै राष्ट्रपति भ्लादिमिर पुटिनले उनलाई प्रधानमन्त्रीमा नियुक्त गर्नेबारेको एउटा आदेशमा हस्ताक्षर गरेका थिए ।


राजनीतिक प्रोफाइल नभएका मिसुस्टिनले यसअघि कर सेवा प्रमुखको जिम्मेवारीमा थिए र पुटिनसँग आइस हक्की खेलेका थिए । नवनिर्वाचित प्रधानमन्त्री मिसुस्टिनले चाँडै नै मन्त्रिपरिषद्को घोषणा गर्ने बताएका छन् ।


पुटिनले बुधबार देशको राजनीतिक प्रणालीमा परिवर्तन गर्नेबारे संसद्मा बोलेका थिए । सोहीबमोजिम प्रधानमन्त्री दिमित्री मेदभेदेभ नेतृत्वको सरकारले राजीनामा दिएको थियो । पुटिनको योजनाबमोजिम नै मिसुस्टिन प्रधानमन्त्री बनेका हुन् ।


६७ वर्षीय पुटिनलाई सन् २०२४ मा राष्ट्रपति पद छोडेसँगै पुनः शक्तिमा आउन नयाँ योजनाले सजिलो बनाउने छ । उनले प्रधानमन्त्री र राष्ट्रपतिका रूपमा दुई दशकदेखि रूसको राजनीतिमा वर्चस्व कायम गरेका छन् । पुटिनको योजनालाई कतिपयले सन् २०२४ मा हुन सक्ने राजनीतिक प्रतिस्पर्धालाई रोक्न चालिएको कदमका रूपमा अर्थ्याएका छन् ।

पुटिनले मेदभेदेभले चालेको पेन्सनको उमेर वृद्धिबारेको अलोकप्रिय कदममा चासो राखेको जस्तो देखाउनलाई मेदभेदेभलाई राजीनामा दिन लगाएको जानकारहरू बताउँछन् ।

प्रकाशित : माघ ३, २०७६ ०७:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?