कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

नयाँ सम्झौताले चीन-अमेरिका ‘व्यापार युद्ध’ समाप्त हाेला ?

एजेन्सी

वासिङ्टन — लामो समयदेखि चलेको ‘व्यापार युद्ध’ कम गर्न चीन र अमेरिकाले एउटा सम्झौतामा हस्ताक्षर गरेको छ । दुई देशबीच चलेको व्यापार युद्धले विश्व अर्थतन्त्रमै असर परेको थियो । 

नयाँ सम्झौताले चीन-अमेरिका ‘व्यापार युद्ध’ समाप्त हाेला ?

मंगलबार भएको सम्झौतापछि वासिङ्टन र बेइजिङबीचको व्यापार युद्ध कम हुने विश्वास गरिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनसँगको नयाँ व्यापार सम्झौताले अमेरिकी अर्थव्यवस्थामा सुधार आउने बताएका छन् । त्यस्तै चीनले पनि यो सम्झौताले दुई देशबीचको सम्बन्धमा सुधार हुने विश्वास व्यक्त गरेको छ ।

सम्झौतामा के–के छ ?

चीनले सन् २०१७ को तुलनामा अमेरिकी आयात कम्तीमा पनि २ सय बिलियन डलर पुर्‌याउने प्रतिबद्धता जनाएको छ । यसका लागि चीनले कृषिमा ३२ बिलियन, उत्पादनमा ७८ बिलियन, ऊर्जामा ५४ बिलियन डलर र आयात र सेवा क्षेत्रमा ३८ बिलियन डलरको आयात गर्ने सम्झौता गरेकाे छ ।

चिनियाँ उत्पादनमा लगाउँदै आएको भन्सार शुल्कमा ५० प्रतिशबाट घटाएर २५ प्रतिशत बनाउन अमेरिका सहमत भएको छ ।

त्यस्तै चीनले बौद्धिक सम्पत्तिसम्बन्धी कानुन अझै बलियो बनाउने पनि बताएको छ । यसले बौद्धिक सम्पत्ति चोरी गर्ने कम्पनीमाथि कारबाही गर्न अझ सहज हुन्छ । चीन र अमेरिकाका कम्पनीबीच बेलाबेलामा बौद्धिक सम्पत्तिको अधिकार उल्लंघन गरेको आरोपप्रत्यारोप भइरहेको थियो ।

सम्झौतामा अमेरिकाका तर्फबाट राष्ट्रपति डोनाल्ड ट्रम्प र चीनका तर्फबाट उपप्रधानमन्त्री लियो खेले हस्ताक्षर गरेका थिए । अमेरिका र चीनबीच नयाँ व्यापार सम्झौता भए पनि यसले दुई देशले एकअर्काको सामान आयातमा लगाएका अतिरिक्त कर हटाउने विषयमा भने कुनै सम्बोधन गरेको छैन ।

चीन-अमेरिका व्यापार सम्झाैताकाे पूर्ण पाठ

प्रकाशित : माघ २, २०७६ १३:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?