पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफ पाकिस्तान मुस्लिम लिग-एन (पीएमएल-एन) का अध्यक्ष नवाज सरिफलाई भेट्न बेलायतको लन्डन पुगेका छन् । भ्रष्टाचार मुद्दामा दोषी ठहर भइ सजाय भुक्तान गरिरहेका सरिफ भने उपचारका लागि लण्डन गएर अदालतको आदेशविपरीत लण्डनमै रहँदै आएका छन् ।
राजस्थान रोयल्सले मंगलबार इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ मा रोयल च्यालेन्जर्स बेंगलोरलाई २९ रनले हराएको छ । यो जितपछि राजस्थानले अंक तालिकाको शीर्ष स्थान कब्जा गरेको छ ।
श्रीलंकामा केन्द्रीय बैंकका गभर्नर अजिथ निवार्ड काब्रालले राजीनामा दिएका छन् । सोमबार त्यहाँका २६ जना मन्त्रीले राजीनामा दिएको एक घण्टापछि नै गभर्नर काब्रालले पनि राजीनामा दिएका हुन् । सबै मन्त्रीहरुले राजीनामा दिएपछि आफूले पनि उनीहरुलाई नै पछ्याएको काब्रालले ट्विट गरी बताएका छन् ।
चीनमा १३२ जना सवार यात्रुवाहक विमान सोमबार दिउँसो दुर्घटनाग्रस्त भएको छ । चाइना इस्टर्न एयरलाइन्सको ७३७–८०० विमान दक्षिणी प्रान्त ग्वाङ्सीको पहाडमा दुर्घटनामा परेको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् । विमानमा १२३ जना यात्रु र चालकदलका ९ सदस्य रहेका चीनको नागरिक उड्डयन प्रशासनले जनाएको छ ।
पाकिस्तान र अफगानिस्तानबीचको एक प्रमुख सीमा नाका फेरि खुला गरिएको छ । सुरक्षा बलबीचको झडपमा कम्तीमा ३ जनाको मृत्यु भएको एक दिनपछि चमन–स्पिन बुल्दक सीमा नाका खोलिएको अधिकारीहरूले आइतबार जनाएका छन् ।
चेल्सीले ब्राजिलको पाल्मेरियासलाई अतिरिक्त समयमा पराजित गर्दै शनिबार पहिलो पल्ट क्लब वर्ल्डकप जितेको छ । काइ हाभरटेजले १ सय १७ औं मिनेटमा गरेको निर्णायक गोलको मद्दतले चेल्सी २–१ ले विजयी रह्यो ।
संयूक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्बन्धी २६ औं सम्मेलन (कोप–२६) का क्रममा इन्धनको स्रोतका रुपमा कोइलाको प्रयोग शून्यमा झार्ने लक्ष्यका साथ तयार पारिएको अन्तिम सम्झौतापत्रमा हस्ताक्षर गर्न चीन र भारतले अस्वीकार गरेका छन् ।
अमेरिकी गुप्तचर निकायहरूले कोभिड–१९ को उत्पत्तिको पहिचान कहिल्यै नहुन पनि सक्ने बताएका छन् । तर यो भाइरस जैविक हतियार भने नभएको निष्कर्ष ती निकायको छ ।
फुमिओ किशिदा जापानको सत्तारुढ दल लिबरल डेमोक्य्राटिक पार्टी (एलडीपी)को नेतामा निर्वाचित भएका छन् । नेता छानिएसँगै किशिदा जापानको नयाँ प्रधानमन्त्री बन्ने निश्चित भएको छ ।