कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२५

टुलुजमाथि लिभरपुलको पाँच गोल

एजेन्सी

लन्डन — लिभरपुलले युरोपा लिगमा आफ्नो शतप्रतिशत सुरुआतलाई कायम राख्दै बिहीबार समूह ‘ई’ को खेल टुलुजलाई सहजै ५–१ गोल अन्तरले पराजित गरेको छ । लगातार तीन खेलमा लिभरपुलले जित निकालेको छ र नौ अंकसहित समूहको शीर्ष स्थानमा छ ।

टुलुजमाथि लिभरपुलको पाँच गोल

एनफिल्डमा भएको खेलमा योर्गन क्लोपको लिभरपुलले फेरिएको टिम उतारेको थियो; यस क्रममा फ्रेन्चकप विजेता टिमविरुद्ध डिएगो जोटा, वाटरु एन्डो, डारविन नुनेज, रायन ग्राभेनबर्च र मोहमद सलाहले गोल गरे ।

प्रतियोगिताका अन्य प्रमुख खेलमा ओलम्पियाकोजले वेस्ट ह्यामलाई २–१, ब्राइटनले आयाक्सलाई २–०, रोमाले स्लाभिया प्रागलाई २–० र मार्सेले एईके एथेन्सलाई ३–१ ले पराजित गर्‍यो ।

प्रकाशित : कार्तिक १०, २०८० ०७:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

खेलकुद मन्त्रालयको बजेटले लुडो, चेस र बाघचाल मात्रै खेलाउन सकिन्छ भन्ने युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठको भनाइबारे तपाईंको धारणा के छ ?