कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६७

भारतले महँगो बासमती चामल मात्रै निर्यात गर्ने 

एजेन्सी

काठमाडौँ — भारतले महँगो बासमती चामलको मात्रै निर्यात गर्ने भएको छ । समर्थन मूल्य प्रति टन १२०० अमेरिकी डलरभन्दा मुनिको बासमती चामल अन्य मुलुकमा निर्यात नगर्ने निर्णय कार्यान्वयन गर्न व्यापार प्रवर्द्धन निकाय ‘एपेडा’ (कृषि तथा प्रंशोधित अन्न उत्पादन निर्यात विकास अख्तियार) लाई निर्देशन जारी गरिएको छ ।

भारतले महँगो बासमती चामल मात्रै निर्यात गर्ने 

वैदेशिक व्यापार नीतिबमोजिम भारतमा एपेडाले नै बासमती चामल निर्यातका लागि ठेक्का दर्ता गर्ने र अनुमति दिने गर्दछ । यो निर्देशनपछि भारतबाट प्रतिटन १२०० अमेरिकी डलरभन्दा माथि मूल्यको बासमती चामल मात्रै निर्यात हुने सञ्चारमाध्यम बिजनेस स्ट्यान्डर्डले जनाएको छ ।

मूल्यवृद्धि नियन्त्रणका लागि आन्तरिक आपूर्ति बढाउने उद्देश्यले भारतले निर्यातमा एकपछि अर्को निर्णय गर्दै आएको छ । गत शुक्रबारदेखि मात्रै भारतले उसिना चामल निर्यातमा २० प्रतिशत कर लगाएको छ । गैरबासमती सबै प्रकारका चामलको निर्यातमा एक महिनाअघिदेखि नै प्रतिबन्ध लगाएको छ । मूल्यवृद्धि नियन्त्रणकै लागि भनेर यसअघि प्याज निर्यातमा ४० प्रतिशत कर लगाएको छ भने चिनी निर्यातमा समेत कडाइ गर्ने तयारी गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।


प्रकाशित : भाद्र १०, २०८० १६:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

खेलकुद मन्त्रालयको बजेटले लुडो, चेस र बाघचाल मात्रै खेलाउन सकिन्छ भन्ने युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठको भनाइबारे तपाईंको धारणा के छ ?