कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२५

एसियन कप : अन्तिम १६ मा जापानको स्थान निश्चित

एजेन्सी

दोहा — उपाधिको बलियो दाबेदार जापानले एसियन कपको अन्तिम १६ मा आफ्नो स्थान निश्चित गरेको छ । उसले यसका लागि समूह ‘डी’ को खेलमा इन्डोनेसियालाई ३–१ ले हरायो । यो जितपछि जापानको तीन खेलबाट ६ अंक भएको छ ।

एसियन कप : अन्तिम १६ मा जापानको स्थान निश्चित

जापान दोस्रो स्थानमा छ । भियतनामलाई ३–२ ले हराएको इराक ९ अंकसहित शीर्ष स्थानमा छ । इराकले आफ्नो दोस्रो खेलमा जापानलाई हराएर नकआउट चरणको स्थान सुरक्षित गरिसकेको थियो ।

इन्डोनेसिया ३ अंकमा तेस्रोमा रह्यो र उसले आफ्नो अर्को चरण खेल्ने सम्भावनाका लागि लिग चरणका सबै खेल समाप्तीसम्म कुर्नु पर्नेछ । भियतनाम भने सबै खेलमा पराजित रह्यो र बिना कुनै अंक टिम प्रतियोगिताबाट बाहिरिएको छ ।

प्रकाशित : माघ १०, २०८० १९:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

खेलकुद मन्त्रालयको बजेटले लुडो, चेस र बाघचाल मात्रै खेलाउन सकिन्छ भन्ने युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठको भनाइबारे तपाईंको धारणा के छ ?