कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२४

मेटाले हटायो चिनियाँ सरकार समर्थित ८ हजार शंस्कास्पद एकाउन्ट

एजेन्सी

काठमाडौँ — अमेरिका लगायत विभिन्न देशको विरूद्धमा अफवाह फैलाउने तथा चीन सरकार लक्षित प्रसार गर्ने कार्यमा गुप्तरूपमा संलग्न एक ठूलो अनलाइन अभियान निस्तेज पारिएको मेटाले जनाएको छ । मेटाले हालै सार्वजनिक गरेको रिपोर्टमा चिनियाँ सुरक्षा निकायका व्यक्तिहरूसँग सम्बन्धित फेसबुक र इन्स्टाग्रामका ७ हजार ७०० एकाउन्ट निस्तेज पारिएको उल्लेख छ ।  मेटाका अनुसार यो अभियानमा फेसबुक र इन्स्टाग्रामसँगै युट्युब, टिकटक, पिनइन्ट्रेस्ट, रेडिट समेत ५० वटा एप र प्लाटफर्महरूको प्रयोग भएको थियो ।

मेटाले हटायो चिनियाँ सरकार समर्थित ८ हजार शंस्कास्पद एकाउन्ट

सन् २०१९ यता सुरू भएको यो अभियानलाई साइबर सुरक्षा क्षेत्रका जानकारहरूले 'स्पामोफ्लोज' भनेर चिन्ने गरेका थिए । मेटाका अनुसार यी एकाउन्टहरूले चीन सरकारका विभिन्न गतिविधिका बारेमा सकारात्मक प्रतिक्रिया फैलाउने र बाँकी देशबारे द्वेषपूर्ण अभिव्यक्ति प्रसार गर्ने गरेका थिए । यी एकाउन्टहरू चीनका विभिन्न भागबाट सञ्चालित रहेको र आफ्नो कम्पनीको अटोमेटेड प्रणालीले तिनलाई निष्कृय पारेको मेटाको दाबी छ ।

चीन सरकारले भने अमेरिका वा अन्य पश्चिमा देशहरू लक्षित औपचारिक अभियान आफूले सञ्चालन नगरेको दाबी गर्ने गरेको छ । सन् २०१६ को अमेरिकी राष्ट्रपतीय निर्वाचन वा बेलायतको ब्रेक्जिट जनमत संग्रह लगायतलाई प्रभावित पार्न रूससमेतका देशहरू यस्तै अनलाइन अभियानहरूमार्फत प्रत्यक्ष रूपमै संलग्न भएको रिपोर्टहरू आउने गरे पनि रूसले त्यसलाई अस्वीकार गर्दै आएको छ । गएका ६ वर्षमा मेटाले यसरी ठूलो संख्याका चिनियाँ एकाउन्टहरू हटाएको यो सातौं पटक हो भने यो सबैभन्दा ठूलो संख्या पनि हो । गुप्तरूपमा र चलाखीपूर्वक हुनेगरेका यस्ता संगठित अनलाइन अभियानहरू ठूला प्रविधि कम्पनीहरूका लागि टाउको दु:खाइ बन्दै आएका छन् । सन् २०१९ मा एक अमेरिकी संसदीय समितिले सार्वजनिक गरेको अध्ययन प्रतिवेदनले मेटा लगायतका ठूला प्रविधि कम्पनीहरू राजनीतिक र अन्य भ्रामक/मिथ्या समाचार तथा अफवाह फैलाउन प्रयोग हुने गरेको र सन् २०१६ को राष्ट्रपतीय निर्वाचनमा त्यसको गलत प्रयोग भएको देखाएपछि यी कम्पनीहरूले आफ्ना प्लाटफर्ममा कडाइ गर्न सुरू गरेका थिए ।

चीन र अमेरिकाबीच सेमीकन्डक्टर, आर्टिफिसियल इन्टेलिजेन्स, क्लाउड समेतका प्रविधि व्यवसायसँग सम्बन्धित विषयमा तिक्तता बढ्दै गरेको समयमा आएको मेटाको यो रिपोर्टले प्रविधि युद्ध अझै बढाउने विश्लेषकहरूको अनुमान छ । यस्तै, अमेरिकी फेडेरल ब्युरो अफ इन्भेस्टिगेसन (एफबीआई) ले पनि झन्डै ७ लाख कम्प्युटरमा फैलिएको अनुमान गरिएको मालवेयर बटनेट बन्द गरिदिएको दाबी गरेको छ । अमेरिकी न्याय मन्त्रालय समेतको संलग्नतामा भएको सो बहुद्देशीय अभियानले अमेरिकामा मात्रै बटनेटले २ लाखभन्दा बढी कम्प्युटरमा आक्रमण गरिसकेको एफबीआईको दाबी छ । अनुसन्धानकै क्रममा क्रिप्टोसहित करिब ८६ लाख अमेरिकी डलर बराबर मुद्रा समेत फर्काइएको एफबीआईको दाबी छ ।

प्रकाशित : भाद्र १३, २०८० १२:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?