कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दाहाल र नेपाल कम्युनिस्ट आन्दोलन कमजोर पार्ने मिसनमा छन् : पोखरेल

काठमाडौँ — नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल कम्युनिस्ट आन्दोलनलाई कमजोर पार्ने मिसनमा लागेको आरोप लगाएका छन् ।

दाहाल र नेपाल कम्युनिस्ट आन्दोलन कमजोर पार्ने मिसनमा छन् : पोखरेल

सोमबार अखिल नेपाल महिला संघले ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा महासचिव पोखरेलले नेताद्वय दाहाल र नेपाल पुँजिवादतर्फको यात्रा गरेको नेपाली कांग्रेसलाई नेता बनाएर कम्युनिस्ट आन्दोलनलाई कमजोर पार्ने कुराको मिसनमा लागेको दाबी गरे ।उनले दाहाल र नेपाल दक्षिणपन्थी अवसरवादको शिकार भएको आरोपसमेत लगाए । महासचिव पोखरेलले दक्षिणपन्थी अवसरवादमाथि विजय हासिल गर्नुपर्ने विषय आजको राजनीतिको चुनौती रहेको भन्दै दाहाल र नेपाल गलत मार्गमा रहेको आशय व्यक्त गरेका थिए ।‘यो दक्षिणपन्थी अवसरवाद कस्तो रहेछ, कुरा क्रान्तिकारीका गर्ने तर आफ्नो स्वार्थमा धक्का लाग्ने बित्तिकै त्यो क्रान्तिको आदर्शबाट च्यूत भएर दक्षिणपन्थीको सेवामा सर्मपित गरिहाल्ने । यो इतिहासको शिक्षा हो । उग्रताको कुरा गर्नेहरू अन्तिममा दक्षिणपन्थी अवसरवादको शिकार हुन्छन् भनेर हाम्रा अग्रजले भन्ने गरेका थिए त्यो चिज आज माओवादी आन्दोलनका सुप्रिमो ठानिने पुष्पकमल दाहालको जीवनमा पनि देखियो । हाम्रै आन्दोलनको लामो समयको नेताका रुपमा रहनुभएका माधव नेपाल जसलाई हामीले ३ कार्यकाल पार्टीको प्रमुखको रुपमा जिम्मेवारी सुम्प्यौं, उहाँलाई नेता मान्यौं । उहाँले पनि आफ्नो जीवनमा त्यो चिजलाई प्रकट गर्नुभयो,' नेता पोखरेलले भने ।

दाहाल र नेपालले कांग्रेसलाई नेता बनाएर दक्षिणपन्थी अवसरवादमा लागेको पोखरेलको आरोप थियो । 'दाहाल र माधव नेपालहरू कांग्रेसलाई नेता बनाएर, कम्युनिस्ट आन्दोलनलाई कमजोर पार्ने कुराको मिसनमा लाग्नुभाछ । दक्षिणपन्थी अवसरवाद भनेको यही हो । यसमाथि विजय हासिल गर्ने कुरा यति बेलाको राजनीतिको एउटा मख्सद हो भन्ने कुरालाई बुझ्नु जरुरी छ,’ उनले भने । यस्तै महासचिव पोखरेलले एमालेलाई आगामी निर्वाचनमा तिनै तहमा बहुमतप्राप्त पार्टीको रुपमा स्थापित गर्नु जरुरी रहेको पनि बताएका थिए ।


प्रकाशित : मंसिर २७, २०७८ १५:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?