कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

पूर्वराजाले पनि एउटा पार्टी खोले हुन्छ नभए व्यापार गरे हुन्छ : नेपाल

काठमाडौँ — नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपालमा राजतन्त्रको भविष्य नभएको बताएका छन् । शुक्रबार नेपाली कांग्रेसको १४ औँ महाधिवेशनको उद्घाटन सत्रमा बोल्दै अध्यक्ष नेपालले नेपालमा राजतन्त्रको भविष्य नभएको बताएका हुन् ।उनले नेपालको राजनीतिमा कालो बादल मडारिन खोजिरहेको बताउँदै राजतन्त्रलाई फेरि शीर उठाउने दुस्साहस नगर्न चेतावनी दिए । अध्यक्ष नेपालले पूर्वराजाले पनि पार्टी खोलेर राजनीतिमा आउन वा व्यापार गरेर बस्न सुझाव दिए।

पूर्वराजाले पनि एउटा पार्टी खोले हुन्छ नभए व्यापार गरे हुन्छ : नेपाल

अध्यक्ष नेपालले भने, ‘म संकेत राम्रो देखिरहेको छैन । नेपालको राजनीतिमा कालो बादल मडारिन खोजिरहेको छ । त्यसो हुनाले म सावधान भन्न चाहन्छु । प्रतिगमन तत्वहरुलाई भन्न चाहन्छु । फेरि शीर उठाउले दुस्साहस गर्ने काम नगर्नुस् । अब नदीको प्रवाह अघि बढिसकेको छ । त्यो फेरि पछाडि जान सक्दैन । त्यसो हुनाले नेपालमा राजतन्त्रको कुनै भविष्य छैन । कुनै सम्भावना छैन । त्यस्तो दुस्साहस कसैले नगरुन् । नेपाली जनता फेरि ज्वालामुखी झैँ मेचीदेखि महाकालीसम्म विस्फोटको रुपमा अघि बढ्नेछन् । राम्रो के हुन्छ भने पूर्वराजाले पनि एउटा पार्टी खोले हुन्छ । होइन भने एउटा व्यापार गरेर बसे हुन्छ । एउटा वंशको शासन हामीलाई स्वीकार्य छैन । नेपालको रक्षा नेपाली जनताले गर्न सक्दछौँ ।’अध्यक्ष नेपालले नेपाली जनताले नेपालको रक्षा गर्न, राष्ट्रियताको रक्षा गर्न सक्ने भन्दै राजतन्त्र ल्याउने सपना नदेख्न सचेत गराए ।

प्रकाशित : मंसिर २४, २०७८ १९:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघमा गठबन्धन बदलिने बित्तिकै प्रदेश सरकारहरू फेरबदल भइहाल्ने अभ्यासबारे तपाईंको के टिप्पणी छ ?

×