कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ओलीको पार्टी समाप्त भइसक्यो : माधव नेपाल

काठमाडौँ — नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको पार्टी समाप्त भइसकेको जिकिर गरेका छन् ।

ओलीको पार्टी समाप्त भइसक्यो : माधव नेपाल

सोमबार सुनसरीको इटहरीमा आयोजित प्रदेश १ को पार्टीस्तरीय भेला तथा कार्यकर्ता प्रशीक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले ओलीले एमालेलाई नारायणी नदीमा तिलाञ्जली दिइसकेको बताए ।

एमालेभित्र पार्टीको झण्डा बाँदरले बोक्नुपर्ने दिन आउने भन्दै अध्यक्ष नेपालले अब ओली एण्ड कम्पनीको दिन सकिएको दाबी गरे । उनले पार्टीको झण्डा उठाउन मजदुर किसान नचाहिने भएकाले गैंडालाई थमाइएको भन्दै व्यंग्य समेत गरे ।

पूरा पढ्न : एमालेको झण्डा अब बाँदरको हातमा थमाउनुपर्ने अवस्था आउँछ : माधव नेपाल

प्रकाशित : मंसिर २१, २०७८ १८:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?