एमाले अध्यक्षमा रावलको उम्मेदवारी घोषणा- भिडियो - कान्तिपुर समाचार

एमाले अध्यक्षमा रावलको उम्मेदवारी घोषणा

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा (एमाले)का उपाध्यक्ष भीमबहादुर रावलले १० औँ महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् ।

एमालेको १०औँ महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने उपाध्यक्ष रावलले आइतबार घोषणा गरेका हुन् । एमालेको महाधिवेशन मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुँदैछ ।

पार्टीलाई विधि, पद्दति र लोकतान्त्रिक तवरबाट सञ्चालन गर्ने रावलले प्रतिबद्धता व्यक्त गरेका छन् । उनले राजनीतिक जीवनको आरम्भदेखि नै उठाउँदै आएको पार्टीको विधि, पद्दति, उद्देश्य, लक्ष्य देशभक्तिपूर्ण रहेकव पनि बताएका छन् । एमालेको सिर्जना, विकास, विस्तार र प्रगतिमा सबै नेता र कार्यकर्ताले गम्भीर भएर सोच्नुपर्ने बेला आएको पनि उनले आह्वान गरेका छन् ।

रावलले पार्टीभित्र देखिएको गुटबन्दी अन्त्य गर्नका लागि पनि आफूले भूमिका खेल्ने बताएका छन् । उनले पार्टीमा हाल आफूले सोचेअनुसार काम नभए पनि निराश र हतोत्साहित नभएको बताएका छन् ।

पार्टी एकताका लागि भूमिका खेलेको र १० बुँदे कार्यान्वयन गरी थप क्षति हुन नदिन लागेकाले पनि अब अध्यक्षको लागि दाबी गरेको उनले बताए ।

प्रकाशित : मंसिर ५, २०७८ १७:५७
प्रतिक्रिया
पठाउनुहोस्

कोरम नपुगेपछि प्रस्तावित राजदूतहरूको सुनुवाइ प्रभावित, १७ गतेसम्मका लागि बैठक स्थगित

कान्तिपुर संवाददाता

काठमाडौँ — सांसदहरू अनुपस्थित भएर संसदीय सुनुवाइ समितिमा कोरम नपुग्दा भारत, बेलायत र अमेरिकाका लागि प्रस्तावित राजदूतहरूको सुनुवाइ प्रभावित भएको छ ।

आइतबार ११ बजेका लागि समितिको बैठक बोलाइएको थियो । तर, समितिमा बुहमत सांसद उपस्थित नभएपछि सुनुवाइका लागि झण्डै एक घण्टा कुरेर प्रस्तावितहरू फर्केका छन् । अब सुनुवाइ लागि आउँदो १७ गतेका लागि बैठक बोलाइएको छ । १५ सदस्यीय समितिमा चारजना मन्त्री भएका कारण सदस्य नरहेपछि हाल समिति ११ सदस्यीय छ ।

त्यसमध्ये कोरम पुग्न कम्तिमा ६ जना चाहिन्थ्यो । तर आइतबारको बैठकमा एमालेका सुरेन्द्र पाण्डे, निरुदेवी पाल, माओवादीका अमृता थापा, देव गुरुङ र समिति सभापति समेत रहेका लोसपाका लक्ष्मणलाल कर्ण मात्र उपस्थित भए । समितिका सभापति कर्णले पार्टीहरूको महाधिवेशन चलिरहेकाले आउँछु भनेकाहरू पनि नआएपछि कोरम नपुगेर बैठक स्थगित भएको जानकारी दिए ।

आइतबारको बैठकमा कांग्रेसका जितेन्द्र देव पुष्पा भुसाल, भिनसेनदास, नेकपा एसकी नन्दा चपाई, माओवादीका पूर्णकुमारी सुवेदी, शिवकुमार मण्डल र एमालेका सुमनराज प्याकुरेल बैठकमा आएनन् ।

सुनुवाइका लागि प्रस्तावित राजदूत शंकर शर्मा र ज्ञानचन्द्र आचार्य समयमै समिति बैठकमा आइपुगेका थिए । श्रीधर खत्री बाटोमा आउँदा आउँदै बैठक स्थगित भएको थियो ।

प्रकाशित : मंसिर ५, २०७८ १७:५५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×