कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मोतीपुर घटना : जसले अनाहकमा ज्यान गुमाए

काममा जाँदै गरेका कुर्मी प्रहरीको कुटाइबाट मारिएको भन्दै परिवारले न्यायको माग गरेका छन्
कान्तिपुर संवाददाता

मोतीपुर — गत असोज २४ गते रूपन्देहीको बुटवल उपमहानगरपालिका– १७ रानीगञ्जस्थित मोतीपुर औद्योगिक क्षेत्रको जग्गा अतिक्रमण गर्न आएका नागरिक र प्रहरीबीच झडप भयो ।

मोतीपुर घटना : जसले अनाहकमा ज्यान गुमाए

झडपमा ४ जनाले ज्यान गुमाए । तीमध्ये १ थिए– रूपन्देही शुद्धोधन–५ शितलपाटीका ३६ वर्षीय वीरेन्द्र कुर्मी । उनी पेन्टिङ तथा जिप्सनको काम गर्थे । २४ गते बिहानै बेलहियास्थित ससूरालीबाट काममा जान झोलामा लुगा हालेर साइकल चलाएर निस्केका कुर्मी सधैँका लागि अस्ताए ।

उनी रानीगञ्जको बाटो हुँदै काममा जाँदै थिए । त्यसै बेला प्रहरीले मरणासन्न हुनेगरी कुट्यो । कुटाइकै कारण उनको मृत्यु भयो । उनको मृत्यु आन्दोलनमा सहभागी भएर नभई प्रहरीले जानाजान हत्या गरेको परिवारको दावी छ । कुर्मीको मृत्युको विषयलाई लिएर उनका दाइ विपीन कुर्मी लगायतले न्यायको माग गर्दैआएका छन् ।

प्रकाशित : कार्तिक ८, २०७८ २०:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?