कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ठेचोबाट पाटन ल्याइएको नवदुर्गा नाच सम्पन्न

दिपेन्द्र रोक्का

काठमाडौँ — प्राचीनकालदेखि पाटन दरबार क्षेत्रमा दसैं सुरु भएसँगै नवदुर्गा नाच देखाउने चलन बसेको हो । नवदुर्गा नाचमा भैरव, काली, विस्नुदेवी, ब्रमादेवी, गणेश, महादेव र सिंहिनीको नाच सर्वसाधरणलाई देखाइन्छ । नर्वदुर्गाको नामले यो नाच चिनिए तापनि यसको खास नाम गह : देयो हो । लिच्छविकालदेखि नै यो नाच प्रत्येक वर्ष ठेचोबाट पाटनमा ल्याइन्छ र विजयादशमी र कोजाग्रत पूर्णिमाको दिन देखाइन्छ । मंसिर र पुस महिनामा भने गोदावरी नगरपालिकामा जात्राको अवसरमा यो नाच ३ दिन देखाइन्छ ।

ठेचोबाट पाटन ल्याइएको नवदुर्गा नाच सम्पन्न

अस्टमीको दिन ठेचोको मन्दिरमा गुठियारहरू रातभरी जाग्राम बसेर भोलिपल्ट पाटन आइपुग्छन् देउतालाई फूलमाला चढाउँछन् र पुन: ठेचो नै फर्किन्छन् । पूर्णेको अघिल्लो दिन पुन: आएर भोलीपल्ट बलि चढाएपछि यो नाच सम्पन्न हुन्छ । यस वर्ष ठेचोबाट ५० जना गुठीयारहरू यस नाचमा संग्लग्न भएका छन् । यस नाचमा खि, ता, के र झ्याली नामक बाजाहरू प्रयोग गरिन्छ । नाचका नाइके भत्तलाल मालीका अनुसार यस नाचमा प्रयोग हुने मुकुन्डोहरु फूलपाती अघि नै तयार हुन्छन् र नृत्य गर्नेहरूको पोशाक बाह्र वर्षमा एक पटकमात्र फेरिन्छ । 'जाग्राम बस्ने दिनदेखि गुठियार र नर्तकहरु चोखो रही बस्नुपर्छ । चामलको भात खानु हुँदैन बरु जाँड खान हुन्छ', उनी सुनाउँछन् । भक्तपुरमा देखाइने नवदुर्गा नाच र पाटनमा देखाइने नाचमा यही अन्तर रहेको उनले बताए । भत्तलाल आफ्नो ठूलोबुवाको निधनपछि हरेक वर्ष यस नाचमा सरिक भएको २५ वर्ष भइसक्यो र आफ्नो संस्कृति बचाउन सधैं लागीपर्ने उनको सोच छ ।

प्रकाशित : कार्तिक ३, २०७८ १९:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?