दिपेन्द्र रोक्का

दिपेन्द्र रोक्काका लेखहरु :

यस्तो बन्यो धरहरा

भूकम्पपछि पुनर्निर्माण गरिएको धरहरा यही वैशाख ११ गते प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने भएका छन् । ३ अर्ब ४८ करोड रुपैयाँ अनुमानित लागत रहेको धरहराको पुनर्निर्माणमा बिहान र बेलुका गरेर साढे तीन सय मजदुरहरुले काम गर्दै आइरहेका छन् । यसको निर्माण ठेक्का जीआईटीसी रमन जेभीले २०७५ असोज १४ गते पाएको हो ।

फेसन मास्कको

कोरोनाको विषम परिस्थितिमा पर्यायवाची बनेको मास्क हाल फेसन र प्रविधिको अध्ययन गरिरहेका विद्यार्थीले आफ्ना डिजाइनमा उतार्न थालेका छन् । नमुना कलेज अफ फेसन टेक्नोलोजीका १५ औं ब्याचका विद्यार्थीहरुले हाल आफ्नो ग्र्याजुएसनको अन्तिम परीक्षाका लागि यसको प्रयोग गर्न थालेका हुन्। प्रयोगात्मक कक्षामा विद्यार्थीहरुले गुडियामा बनाएको डिजाइन र त्यसमाथि प्रयोग भएको रंगीचंगी मास्क देख्न सकिन्छ। १०० अंकको यो परीक्षामा २५ अङ्क डिजाइनबाट, २५ प्रयोगात्मकबाट र र ५० अंक र्‍याम्प वाकबाट आउने छ।

पशुपतिमा महाशिवरात्रि उत्सव

महाशिवरात्रि पर्वका अवसरमा काठमाडौंको पशुपतिनाथमा बिहीबार बिहानैदेखि चहलपहल बढेको छ । भक्तनहरूको घुइँचो लागेको छ । पर्वकै लागि पशुपति क्षेत्र सजाइएको छ । नेपालकै विभिन्न स्थानसहित भारतबाटसमेत साधुसन्त आइपुगेका छन् । शिवरात्रिमा भारतीय भक्तजन पनि उल्लेख्य हुने गरेका छन् ।

छोइला बनाउने तरिका

नेवाः समुदायमा एउटा प्रचलित परिकार हो छोइला । समयबजीमा अनिवार्य रहने यो परिकार सगुनदेखि अरु शुभ कार्यहरुमा समेत त्यसको प्रयोग परापूर्वकालदेखि नै हुँदै आएको हो । यसबाहेक भोज र खाजा खाजाको रुपमा यसको प्रयोग हुने गरेको छ। विशेषगरी बफको बन्ने छोइला समयसंगै अरु मासुहरुको पनि बन्दै आएको छ । मासुलाई पोलेर मरमसला हाली मोल्ने यो परिकार अलिकति पीरो र मसालेदार स्वाद पाउन सकिन्छ ।

कटिया बनाउने तरिका

कटिया माटोको भाँडामा पकाइने खसीको मासुको विशेष परिकार हो  । मासुका पारखीमाझ कटिया लोकप्रिय छ । कटिया नेपालको रौतहटको रैथाने परिकार हो  । रौतहटको कटहरिया बजार यसको उद्गमस्थल मानिन्छ । पानीको मिश्रण नहुने र माटोको भाँडामा पाक्ने भएकाले पनि यसको स्वाद विशेष हुने गर्दछ ।

यसरी बनाइन्छ घोंघी

नेपालको थारु समुदाय संस्कृतिमा जति धनी छ त्यतिनै यो समुदायको खानाहरु पनि उतिनै लोकप्रिय छन् । घोंघी थारु समुदायको मौलिक परिकार हो । घोंघी पानीमा पाइने एक जातिको शंखेकिरा हो । स्वास्थ्यको हिसाबले यो खाँदा फाइदाजनक मानिन्छ । भनिन्छ पानीमा पाइने शंखेकीरामा ५७.७ प्रतिशत प्रोटिनको मात्रा हुन्छ । माघीमा घोंघीले विशेष महत्व राखेतापनि तराइतिर धान बाली लगाउने मौसममा यसको विशेष प्रयोग हुन्छ । यो मौसममा तराइमा मानिसहरु ताल-तलाउमा घोंघी खोज्न लागि पर्दछन् ।

चिया गफबाट सुरु भएको संकटाको ‘अम्ब्रेला स्ट्रिट’

केही समययता काठमाडौंको तबाहालस्थित संकटा मन्दिर वरपरको स्वरुप फेरिएको छ । कारण हो सडकमाथि राखिएका रंगीचंगी ४ सय वटा छाताहरु । संकटा मन्दिर क्षेत्र वरपरका सडक अहिले ‘अम्ब्रेला स्ट्रिट’ का नामले चिनिन थालेका छन् । सामाजिक सञ्जाल पनि यस क्षेत्रमा खिचिएका तस्बिर र भिडियोहरुले भरिएका छन् । यस क्षेत्रको स्वरूप परिवर्तन हुनमा मुख्यतया एक व्यक्तिलाई श्रेय जान्छ र उनी हुन् आशिषमान सिंह ।

चिया गफबाट सुरु भएको संकटाको ‘अम्ब्रेला स्ट्रिट’

केही समययता काठमाडौंको तबाहालस्थित संकटा मन्दिर वरपरको स्वरुप फेरिएको छ । कारण हो सडकमाथि राखिएका रंगीचंगी ४ सय वटा छाताहरु । संकटा मन्दिर क्षेत्र वरपरका सडक अहिले ‘अम्ब्रेला स्ट्रिट’ का नामले चिनिन थालेका छन् । सामाजिक सञ्जाल पनि यस क्षेत्रमा खिचिएका तस्बिर र भिडियोहरुले भरिएका छन् । यस क्षेत्रको स्वरूप परिवर्तन हुनमा मुख्यतया एक व्यक्तिलाई श्रेय जान्छ र उनी हुन् आशिषमान सिंह ।

कथा नेपालको पहिलो बन्जी मास्टरको

हामी कसैले भोटेकोसीमा बन्जी जम्प अथवा स्विङ गरेका छौं भने एउटा अनुहार दिमागमा आइहाल्छ । जम्परलाई सुरक्षा सामग्री लगाइदिनदेखिफाल हान्ने र माथि तान्ने प्रक्रियासम्म सघाउन १९ वर्षदेखि खटिइरहेको त्यो अनुहार हो, बन्जी मास्टर प्रकाश प्रधानको । उनी नेपालका प्रथम बन्जी मास्टर पनि हुन् । बन्जी मास्टरको जिम्मेवारी जम्परहरूलाई सुरक्षित तरिकाले फाल हाल्न लगाउने, उनीहरूको मनोबल खस्कन नदिने र यस गतिविधिमा खटिएका मानव स्रोतहरूसँग समन्वय गर्नु हो ।

योमरी बनाउने तरिका

नेवारीमा ‘यो’ को अर्थ ‘मन पराउनु’ र ‘मरी’ लाई ‘रोटी’ भनिन्छ। आज देशभरी योमरी पुन्ही मनाइँदैछ । योमरी नेवार समुदायको विशेष खानामा परेतापनि पछिल्लो समय यो परिकार उपत्यकामा सबै सामु प्रचलित छ ।चामलको पिठोभित्र चाकु र खुवा हालेर अण्डाकार रुपमा डल्लो बनाइएको परिकार योमरी हो । जाडोमा मास र चाकुलगायतका खानेकुराले शरीरमा ताप बढाउने भएकालेपनि यो पूर्णिमा मनाउने गरिएको हो ।