कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विमानस्थल पुगेर पर्यटनमन्त्री आलेले मागे यात्रुसँग माफी

कान्तिपुर संवाददाता

काठमाडौँ — काठमाडौँबाट भोजपुर जानुपर्ने ७ यात्रुलाई नेपाल वायु सेवा निगमको जहाजले आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै छाडेर उडेपछि सोमबार बिहानै पर्यटनमन्त्री प्रेमबहादुर आले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित आन्तरिक टर्मिनल भवनमा साढे ६ बजे नै पुगे ।

विमानस्थल पुगेर पर्यटनमन्त्री आलेले मागे यात्रुसँग माफी

दसैंका कारण काठमाडौँ छाड्ने यात्रुको चाप टर्मिनलमा अत्यधिक थियो । सोमबार पनि ३ सय १२ वटा आन्तरिक उडानको सूची थियो । मौसम खराबी कारण काठमाडौँ बाहिरका सबै विमानस्थल नखुलिसकेकाले टर्मिनल भवनमा यात्रुको भीडभाडमै मन्त्री आलेले त्यहाँको व्यवस्थापन नियाले ।

मन्त्रीले आन्तरिक विमानस्थल अनुगमन गर्ने खबर पाएपछि उनीभन्दा अघि नै त्यहाँ पुगिसकेका आन्तरिक टर्मिनलका प्रमुख पूर्ण चुडालले कोरोना संक्रमणको प्रभाव घटेसँगै यात्रुको भीड अत्यधिक बढेकाले टर्मिनल साँघुरो भएको बताए । मन्त्री आलेले आन्तरिक टर्मिनलका प्रमुख चुडाललाई भवन भित्र रहेको क्याफे सोनिगाले अत्यधिक महँगो दरमा चिया/कफी बिक्री गरिरहेको गुनासो सेवाग्राहीबाट आएको भन्दै मूल्यबारे निगरानी गर्न निर्देशन दिए ।

मन्त्री आलेले आफू पनि एयरपोर्टमा रहेका ट्याक्सीबाट २/३ पटक बिना मिटर ठगीमा परेको घटना बताउँदै विमानस्थलका एसएसपी राजेशनाथ बाँस्तोलालाई त्यसबारे अनुगमन गर्न भने । ‘यहाँका ट्याक्सीमा मिटर छैन की क्या हो ?,’ उनले एसएसपी बाँस्तोलालाई भने, ‘मनलाग्दी छ । कालो ट्याक्सीवालाले बार्गेनिङ गर्छन् । म पनि एकदुईपटक परेको छु । राति १ हजार माग्छ । धेरै पटक मै पनि परेको छु । राति हिँडेर जान सकिँदैन । यो कसले हेर्ने हो । ध्यान दिनुहोस् ।’

पूरा पढ्न : विमानस्थल पुगेर पर्यटनमन्त्री आलेले मागे यात्रुसँग माफी

प्रकाशित : कार्तिक १, २०७८ १८:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?