कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘एसियन राजमार्गले पनि जोड्दैछ नेपाल’

कान्तिपुर संवाददाता

काठमाडौँ — भारतको पासाखा नाकामा आएर ठोक्किने एसियन राजमार्गबाट नेपाल, भारत, भुटान र बंगलादेशबीचको यातायात आवागमन सहज हुने देखिएको छ ।
पुरानो चल्तीको फुन्चोलिङलाई ओझेलमा पार्ने गरी भारत र भुटानको सीमावर्ती विन्दु पासाखा क्षेत्रमा मात्रै भुटानले ५० भन्दा बढी ठूला उद्योग सञ्चालनमा ल्याइसकेको छ ।

‘एसियन राजमार्गले पनि जोड्दैछ नेपाल’

त्यहाँबाट सिमेन्ट, क्लिंकर, जस्तापाता, निर्माण सामग्रीको उत्पादन–पैठारी हुन थालिसकेको छ । भारत–भुटान–बंगलादेश जोड्ने एसियन हाइवेको एउटा विन्दुसमेत पासाखा हो ।

पश्चिम बंगालको दलसिंहपारा हुँदै भुटान जाने सडक र बंगलादेशको माेंग्ला पोर्ट र फूलबारी–बंगलाबन्ध नाकाबाट भारत जोड्ने एसियन राजमार्गको सम्पर्क विन्दुसमेत ‘पासाखा’ बनेको छ ।

एसियाली राजमार्गकै विकास र नेपालको पूर्वी नाका काँकडभिट्टासमेत एसियाली राजमार्गसम्म जोडिसकिएको छ । एसियाली राजमार्गमा जोडिने पहुँचको ४ लेनको सडक नेपालतर्फ पनि तयार भइसकेको छ ।

यो सडकसँग जोडिने मेची पुल (७९० मिटर) निर्माणमा एसियाली विकास बैंकको सहयोग थियो । एसियाली राजमार्गको पहुँच र उपयोग व्यवस्थित हुन सकेमा नेपाली सामान सिधै भारत, भुटान, बंगालादेश, थाइल्याण्ड, म्यानमार सम्मको अन्तर्राष्ट्रिय बजारमा जान सक्ने सम्भावना छ ।

यही राजमार्ग हुँदै भारतबाट कुनै सामग्री भुटान जाँदा कर सहुलियत हुन्छ तर नेपाल आउँदा भने कर यथावत रहने विभेद छ । नेपालमा महेन्द्र र अरनिको राजमार्ग गरेर एसियन राजमार्गमा १३ सय २१ किलोमिटर सडक सञ्जाल जोडिएको छ ।

प्रकाशित : आश्विन १९, २०७८ १७:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?