कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आगामी चुनावमा प्रचण्ड भर्सेस बादल हुन पनि सक्छ : नेता थापा

काठमाडौँ — प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का नेता एवं पूर्वगृहमन्त्री रामबहादुर थापाले आफू माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग चुनाव लडन तयार रहेको बताएका छन् । नेता थापाले आगामी निर्वाचनमा 'प्रचण्ड भर्सेस बादल' हुन पनि सक्ने प्रतिक्रिया दिए ।शुक्रबार चितवनको भरतपुरस्थित विमानस्थलमा सञ्चारकर्मीहरुले राखेको जिज्ञासाको जवाफ दिँदै उनले भने, ‘यो विषयमा अहिले हाम्रो पार्टीले निर्णय गरेको छैन । आगामी दिनमा चुनावमा निस्किएपछि पार्टीले निर्णय गर्नेछ । त्यो स्थितिमा प्रचण्ड भर्सेस बादल हुन पनि सक्छ ।’

आगामी चुनावमा प्रचण्ड भर्सेस बादल हुन पनि सक्छ : नेता थापा

नेता थापाले पुष्पकमल दाहाल पार्टी लाइन छाडेर राष्ट्रियता विरोधी, लोकतन्त्र विरोधी र मुलुकको समृद्धिको विरोधी लाइनमा लागेको आरोपसमेत लगाए । उनले सभामुख अग्नीप्रसाद सापकोटा पार्टी कार्यकर्ताको भूमिकामा उभिएकाले आफ्नो पार्टीले विरोध गर्नु परेको पनि स्पष्ट पारे । उनले आफ्नो पार्टी एमसीसीलाई परिमार्जनसहित पारित गर्नुपर्छ भन्ने मान्यतामा अडिग रहेको पनि बताए ।

प्रकाशित : आश्विन ८, २०७८ १८:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?