कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ओलीले संसद्लाई पंगु बनाए, एमालेका ठूला सांसद लाज मानेर पछाडिबाट भाग्‍छन् : थापा

काठमाडौँ — संसद्‍मा निरन्तर विरोध गरेर प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद्लाई पंगु बनाएको कांग्रेस सांसद गगन थापाले बताएका छन् । एमालेका सांसदहरूले नै त्यसरी संसद् अवरुद्ध गर्न लाज मानेर पछाडिको ढोकाबाट भाग्ने गरेको पनि उनले बताए ।'पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई संसद्सँग घिन लाग्छ । उहाँलाई संसद् दख्नै हुन्न । प्रधानमन्त्री बनाएपछि आफ्नो कार्यकालभरि संसद्लाई हेप्नुभयो । संसद्को पटकपटक भंग गर्नुभयो,' थापाले भने, 'संसद् पुनर्स्थापित भइसकेपछि पंगु बनाउनुभएको छ ।'

ओलीले संसद्लाई पंगु बनाए, एमालेका ठूला सांसद लाज मानेर पछाडिबाट भाग्‍छन् : थापा

विनियोजन विधेयक, आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयकमाथि एमालेको अवरोधका कारण आफ्ना कुरा राख्न नपाएको भन्दै थापाले दर्जनौं प्रश्न र असहमति त्यत्तिकै थाती रहेको बताए ।

प्रकाशित : आश्विन ८, २०७८ १७:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?