कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मिस्टर सुप्रान्यासनलका थर्ड रनरअप डा‍क्टर सन्तोष भन्छन्– ‘राजनीतिमा आउँछु’

काठमाडौँ — दुई वर्ष अगाडिको कुरा हो, पेसाले चिकित्सक ३० वर्षीय डा. सन्तोष उपाध्याय रात्रिबसमा अछामबाट काठमाडौं आउँदै थिए । समय कटाउन मोबाइलमा समाचार हेर्दै गर्दा उनको आँखा एउटा सूचनामा गएर अडियो । सौन्दर्य प्रतियोगिता । पेशाले चिकित्सक सन्तोषको रुचि मोडलिङ र सामाजिक कार्यमा पनि थियो ।‘मैले आफ्नो पेसा अनि सामाजिक उद्देश्यलाई अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिएर चिनाउन सक्छु कि भन्ने लाग्यो । त्यसपछि नेपालको प्रतिनिधित्व गर्दै प्रयास गर्ने निधो गरेँ,’ उनले भने ।

मिस्टर सुप्रान्यासनलका थर्ड रनरअप डा‍क्टर सन्तोष भन्छन्– ‘राजनीतिमा आउँछु’

त्यसपछि सन् २०१९ मा आयोजना भएको मिस्टर नेपालमा उनले सहभागिता जनाए । उनको प्रयास विफल भएन । विजेता नै बने । त्यसैगरी ३७ राष्ट्रका प्रतिस्पर्धीबीच ‘भर्चुअल’ रुपमा भएको ‘मिस्टर सुप्रास्टार २०२०’ मा पनि सहभागी भए । त्यसमा पनि विजेता भए । यो सफलताले उनलाई ‘मिस्टर सुप्रान्यानसनल २०२१’ सम्म पुर्‍यायो ।अंग्रेजी वर्षको गत अगस्ट २२ मा पोल्यान्डमा आयोजना भएको ३४ राष्ट्र सहभागी रहेको ‘मिस्टर सुप्रान्यानसनल २०२१’ प्रतियोगितामा उनी तेस्रो रनरअप बने । उनले महत्त्वपूर्ण मानिने ‘मिस्टर इन्फ्लुएन्सर अवार्ड’ समेत हात पार्न सफल भए ।नेपाली प्रतियोगीले अन्तर्राष्ट्रियस्तरको सौन्दर्य प्रतियोगितामा हात पारेको यो ठूलो सफलता मध्येको एक हो । नेपालले पहिलोपटक यस प्रतियोगितामा सहभागिता जनाएको थियो ।

प्रकाशित : आश्विन ३, २०७८ ०८:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?