काठमाडौंको आँखाले मधेसलाई गिज्याइरहेछ : निर्देशक मनोज पण्डित- भिडियो - कान्तिपुर समाचार

काठमाडौंको आँखाले मधेसलाई गिज्याइरहेछ : निर्देशक मनोज पण्डित

कान्तिपुर संवाददाता

काठमाडौँ — कोरोना महामारीबीच नेपाली फिल्मकर्मीले डिजिटल प्लेटफर्मलाई खासै वैकल्पिक बाटोको रुपमा रोज्न सकेन । मौलाउनुपर्ने समयमै कति डिजिटल प्लेटफर्म बन्द भए । महामारीले प्रदर्शन रोकिएका ३ दर्जन बढी फिल्मका लगानी फ्रिज छन् । प्रदर्शन स्थगन गरेर बसेका फिल्मकर्मीहरु डेढ वर्षदेखि बन्द हल पुरानै अवस्थामा फर्कने समयको पर्खाइमा देखिन्छन् ।

यसबीच निर्देशक मनोज पण्डितले भने डिजिटल प्लेटफर्मबाट फिल्म प्रदर्शन गर्ने तयारी थालेका छन् । विद्रोही फिल्म निर्देशकका रुपमा परिचित पण्डित 'ग्रेटर नेपाल', 'दासढुंगा', 'बधशाला'का लागि चिनिन्छन् । पण्डितसँग 'एक'को निर्माण र राजनीतिक फिल्मप्रतिको झुकावलगायतका विषयमा कान्तिपुरकर्मी रीना मोक्तानले गरेको कुराकानी :


प्रकाशित : आश्विन ३, २०७८ ०८:५०
प्रतिक्रिया
पठाउनुहोस्

'पुरानो घर'को नयाँ नाटक 'म'

कान्तिपुर संवाददाता

काठमाडौँ — काठमाडौं मेडिकल कलेज सिनामंगल छेउमा नयाँ नाटकघर ठडिएपछि रंगकर्मी सुलक्षण भारतीलाई लागेको थियो, 'साँवा तिर्न नसके पनि ब्याज तिर्न सकिएला ।' नयाँ नाटकघर निर्माणमा झन्डै ३५ लाख खर्च भयो । खर्च नाटकबाटै उठाउने सोचे ।नयाँ नाटकघरको मञ्चबाट पहिलो नाटक 'रोटेपिङ' गर्ने तयारी सुरु भयो । कलाकारको समूह ठूलै थियो । वैशाख १ बाट नाटक मञ्चन गर्ने तयारी धमाधम अघि बढ्दै गर्दा चैतमा कोरोना महामारीले देश लकडाउनमा गयो । नाटक स्थगन गर्नुको विकल्प थिएन । त्यहीमाथि नाटकघरको संरचनामै समस्या देखियो । नाटकघर हल्लिन थाल्यो । पुरानो संरचना पूरै भत्काएर नाटक घरलाई नयाँ आकार दिए । त्यसपछि दोस्रो नाटकको रिहल्सल थाले । फेरि दोस्रो पटक देशमा लकडाउन घोषणा भयो ।

सरकारले निषेधाज्ञा हटाएसँगै सुलक्षणको टिम फेरि नयाँ नाटकको तयारीमा जुटेका छन् । 'पुरानो घर'को पहिलो नाटक -'म' । टिमको संकल्प छ, 'अब जति दिन हुन्छ नाटक त गर्ने नै ।' असोज १ बाट यो नाटक मञ्चन हुँदैछ । सय दर्शक क्षमता भएको नाटकघर ४० दर्शक राखेर संचालनमा आउँदैछ । लेखक एवं निर्देशक सुलक्षणले महामारीको समयमा सुरक्षा मापदण्ड अपनाउन सोलो 'एक्ट' रोजेका छन् । नाटकमा सुलक्षणकै सोलो प्रस्तुति रहनेछ । भत्किने भत्काउने गर्दै नयाँ स्वरुप पाएको 'पुरानो घर'ले पहिलो नाटक गरिरहँदा लामो समयदेखि यही दिनको पर्खाइमा रहेका सुलक्षणका टिम उत्साहित देखिन्छन् ।

प्रकाशित : आश्विन ३, २०७८ ०८:४८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×