कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

'पुरानो घर'को नयाँ नाटक 'म'

काठमाडौँ — काठमाडौं मेडिकल कलेज सिनामंगल छेउमा नयाँ नाटकघर ठडिएपछि रंगकर्मी सुलक्षण भारतीलाई लागेको थियो, 'साँवा तिर्न नसके पनि ब्याज तिर्न सकिएला ।' नयाँ नाटकघर निर्माणमा झन्डै ३५ लाख खर्च भयो । खर्च नाटकबाटै उठाउने सोचे ।नयाँ नाटकघरको मञ्चबाट पहिलो नाटक 'रोटेपिङ' गर्ने तयारी सुरु भयो । कलाकारको समूह ठूलै थियो । वैशाख १ बाट नाटक मञ्चन गर्ने तयारी धमाधम अघि बढ्दै गर्दा चैतमा कोरोना महामारीले देश लकडाउनमा गयो । नाटक स्थगन गर्नुको विकल्प थिएन । त्यहीमाथि नाटकघरको संरचनामै समस्या देखियो । नाटकघर हल्लिन थाल्यो । पुरानो संरचना पूरै भत्काएर नाटक घरलाई नयाँ आकार दिए । त्यसपछि दोस्रो नाटकको रिहल्सल थाले । फेरि दोस्रो पटक देशमा लकडाउन घोषणा भयो ।

'पुरानो घर'को नयाँ नाटक 'म'

सरकारले निषेधाज्ञा हटाएसँगै सुलक्षणको टिम फेरि नयाँ नाटकको तयारीमा जुटेका छन् । 'पुरानो घर'को पहिलो नाटक -'म' । टिमको संकल्प छ, 'अब जति दिन हुन्छ नाटक त गर्ने नै ।' असोज १ बाट यो नाटक मञ्चन हुँदैछ । सय दर्शक क्षमता भएको नाटकघर ४० दर्शक राखेर संचालनमा आउँदैछ । लेखक एवं निर्देशक सुलक्षणले महामारीको समयमा सुरक्षा मापदण्ड अपनाउन सोलो 'एक्ट' रोजेका छन् । नाटकमा सुलक्षणकै सोलो प्रस्तुति रहनेछ । भत्किने भत्काउने गर्दै नयाँ स्वरुप पाएको 'पुरानो घर'ले पहिलो नाटक गरिरहँदा लामो समयदेखि यही दिनको पर्खाइमा रहेका सुलक्षणका टिम उत्साहित देखिन्छन् ।

प्रकाशित : आश्विन ३, २०७८ ०८:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?