माइकले सभामुखलाई हान्थेँ : सांसद् रेखाकुमारी झा- भिडियो - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

माइकले सभामुखलाई हान्थेँ : सांसद् रेखाकुमारी झा

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रतिनिधिसभामा अर्थमन्त्री जनार्दन शर्माले रोस्ट्रमबाट प्रतिस्थापन विधेयक पेस गरिरहँदा तल एमाले सांसदहरूको चर्को नारााबाजी गरेका थिए ।एमाले सांसदहरू आक्रोशित भए ।


मर्यादापालकसँग घम्साघम्सी चल्यो । यही क्रममा एमाले सांसद रेखाकुमारीले गृहमन्त्री बालकृष्ण खाँणको टेबुलको माइक झिकेर रोस्ट्रमतर्फ हान्ने कोसिस गरिन् । त्यही क्रममा एमालेका अन्य सांसदले उनलाई रोके । माइक झिकेर हान्न खोजेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो टेबल अगाडि रहेको माइक झिकेर लुकाए ।

संसद्‌बाट बाहिरिए पछि सांसद् रेखाकुमारीको प्रतिक्रिया :

प्रकाशित : भाद्र २५, २०७८ १७:१९
प्रतिक्रिया
पठाउनुहोस्

ऊर्जामन्त्री र एमसीसी उपाध्यक्षबीच भेट

कान्तिपुर संवाददाता

काठमाडौँ — ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) उपाध्यक्ष फातेमा सुमारले शिष्टाचार भेट गरेकी छन् । मन्त्रालयमा शुक्रबार भएको भेटमा उनीहरूबीच दिगो आर्थिक विकास तथा एमसीसी परियोजना कार्यान्वयनका विषयमा छलफल भएको थियो ।

भेटका अवसरमा उनीहरुबीच सडक सञ्जाल, विद्युत् प्रसारण लाइन निर्माणलगायत नेपालको भौतिक पूर्वाधार विकासका आयोजना कार्यान्वयनका निम्ति अनुदानस्वरूप अमेरिकाबाट प्राप्त हुने ५० अर्ब रूपैयाँ सहयोगको कार्यान्वयनको विषयमा छलफल भएको ऊर्जामन्त्री भुसालको सचिवालयले जनाएको छ ।

उपाध्यक्ष सुमारले नेपालको गरिबी घटाउन तथा दिगो सामाजिक–आर्थिक विकासका लागि नेपालको आग्रहमा एमसीसी सम्झौता भएको उल्लेख गर्दै त्यसको कार्यान्वयनमा सहयोग गर्न आग्रह गरिन् । उनले एमसीसीका विषयमा नेपालमा भएका चर्चाका विविध विषयमा चासो व्यक्त गरेकी थिइन् ।

जवाफमा मन्त्री भुसालले नेपाल–अमेरिकाबीच रहि आएको आपसी सम्बन्ध दरिलो रहेको उल्लेख गर्दै एमसीसीका सन्दर्भमा राजनीतिक सहमति र जनताको चाहना अनुसार नै निष्कर्षमा पुगिने बताइन् । उनले नेपालले द्विपक्षीय एवं बहुपक्षीय दातृ निकायबाट सहयोग लिएर नै विकास प्रक्रियालाई अगाडि बढाएको उल्लेख गर्दै आगामी दिनमा पनि अमेरिकाबाट थप सहयोग प्राप्त हुने विश्वास व्यक्त गरिन् ।

भेटमा नेपालका तर्फबाट ऊर्जा मन्त्रालय र परराष्ट्र मन्त्रालयका उच्चअधिकारी एवं अमेरिकाका तर्फबाट नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरीसहितको सहभागिता थियो । अमेरिकी सरकारका तर्फबाट एमसीसी र नेपालका तर्फबाट अर्थ मन्त्रालयबीच सम्झौता भएको थियो ।

प्रकाशित : भाद्र २५, २०७८ १७:०२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×