विमानस्थल बाहिर एमसीसीको विरोध- भिडियो - कान्तिपुर समाचार

विमानस्थल बाहिर एमसीसीको विरोध

कान्तिपुर संवाददाता

काठमाडौँ — अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को विरोध गर्दै युवाहरुको समूहले विमानस्थल बाहिर प्रदर्शन गरेका छन् ।

एमसीसी खारेज राष्ट्रिय अभियान, मार्क्सवाद अध्ययन समूह, स्वतन्त्र युवा जनसेवक समूह र उन्मुक्त पुस्ताले एमसीसीका विरूद्ध नाराबाजी गर्दै कालो झण्डा प्रदर्शन गरेका थिए । प्रदर्शनकारीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । एमसीसीकी उपाध्यक्ष फातेमा जे सुमर र सहायक उपाध्यक्ष जोनाथन ब्रुक्स नेपाल आउने भनिएसँगै एमसीसीका विरूद्ध प्रदर्शनहरु बढेका छन् ।

प्रकाशित : भाद्र २२, २०७८ १५:३६
प्रतिक्रिया
पठाउनुहोस्

गोकर्णेश्वरमा पितृको सम्झना

कान्तिपुर संवाददाता

काठमाडौँ — भाद्रकृष्ण औँसी (बाबुको मुख हेर्ने दिन) का अवसरमा मंगलबार गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रमा मेला लागेको छ । अघिल्लो वर्ष कोरोनाका कारण मेला स्थगित गरिएकोमा यस वर्ष सबै क्षेत्र खुलेकाले टाढाटाढाबाट भक्तजन मन्दिर दर्शन गर्न आएका छन् ।

सोमबारदेखि नै गोकर्णेश्वर महादेव मन्दिर छिर्ने सबै नाकामा भक्तजनको भिड बढेपछि भौतिक दूरी कायम गरी स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर पितृप्रति श्रद्धा प्रकट गर्न दिइएको मन्दिर क्षेत्र प्रबन्ध समितिले जनाएको छ ।

समितिका अनुसार दर्शनार्थीबीच भौतिक दूरी कायम गर्न र भिड बढ्न नदिन मन्दिर छिर्ने सबै नाकामा धेरै संख्यामा प्रहरी परिचालन गरिएको छ । कोरोना जोखिमबीच मेला चलाउँदा स्थानीय स्तरमा रोगको संक्रमण बढ्न सक्ने जोखिम भएकाले सजगता अपनाएर मेला चलाइएको हो । समितिले भक्तजनका लागि मास्क अनिवार्य गरेको छ ।

ठाउँ–ठाउँमा स्यानिटाइजरको व्यवस्था गरिएको छ । बाबु दिवंगत भइसकेका सन्ततिले भाद्रकृष्ण औँसीका दिन गोकर्णेश्वर महादेव मन्दिर आई तर्पण, सिदादान र पिण्डदान गर्ने परम्परा छ । यस दिन गोकर्ण आई श्राद्ध गरे २१ कुलसम्मका पितृले मुक्ति पाउने धार्मिक विश्वास छ ।

प्रकाशित : भाद्र २२, २०७८ १५:३६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×