२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१३

गोसाइँकुण्ड : पर्यटकीय एवं धार्मिक गन्तव्यको संगम

काठमाडौँ — रसुवाको गोसाइँकुण्ड हिन्दू र बुद्धिस्ट धर्मावलम्बीको पवित्र तीर्थस्थल हो । यस्तै घुम्न मन पराउनेहरुको लागि पनि गोसाइँकुण्ड एक उत्कृष्ट गन्तव्य हो ।

गोसाइँकुण्ड : पर्यटकीय एवं धार्मिक गन्तव्यको संगम

रसुवाको लाङ्टाङ राष्ट्रिय निकुन्ज भित्र पर्ने गोसाइँँकुण्ड समुद्री सतहबाट ४३८० मिटर उचाइमा रहेको छ। विशेषगरी गोसाइँकुण्डमा जनै पूर्णिमाको दिन मेला लाग्छ। गोसाइँ, भैरव, सरस्वती, सूर्य, रक्तकुण्डलगायतका दर्जनौं कुण्ड छन्।

गोसाइँकुण्ड पुग्न ४ वटा बाटो छन् । जसमा रसुवा सदरमुकाम धुन्चे, मेलम्ची, सुन्दरीजल र घ्याङ्फेदी हुँदै जान सकिन्छ । धुन्चेबाट चन्दनबारी, चोलाङ्पाटी, लौरिबिना हुँदै गोसाइँकुन्ड जाँदा सरस्वतीकुण्ड, भैरवकुण्ड, गोसाइँकुण्ड देख्न पाइन्छ । गोसाइँकुण्ड दर्शन तथा स्नान को लागि देशका विभिन्न ठाउँबाट भक्तजन आउने गर्दछन् ।

नुवाकोट, गोर्खा, सिन्धुपाल्चोक, काभ्रे, धादिङ , मकवानपुर, चितवन, कास्की र काठमाडौं उपत्यका लगायतका भक्तजनहरु गोसाइँकुण्ड पुग्ने गर्दछन्। धुन्चेबाट पैदाल यात्रा सुरु गरेपछि पदमार्गमा देखिने कञ्चन खोला, हरियाली अनि छिन्‌छिन्‌मा पर्ने पानी ले निकै रोमाञ्चित बनाउँछ ।

कोभिडले गर्दा यस क्षेत्रमा आउन रोक लगाइए पनि गाडी चलेको हुनाले विभिन्न जिल्लाबाट भक्तजनहरु आएको रसुवा जिल्ला प्रहरी प्रमुख डिएसपी देवेन्द्र पाण्डेले बताए । अघिल्लो वर्ष नागपञ्चमीदेखि जनै पूर्णिमासम्म दुई हजार भक्तजनहरु आएका थिए भने यसपाली करिव ३५ सय भक्तजन आएको पाण्डेले बताए ।

प्रकाशित : भाद्र १२, २०७८ १३:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा जोडिएका गृहमन्त्री रवि लामिछानेले प्रतिनिधिसभामा दिएको स्पष्टीकरणबारे तपाईंको के टिप्पणी छ ?