मनाइयो घण्टाकर्ण पर्व
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-100-0252024112350.gif)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/mastercreativegif900x100-0952024115624.gif)
काठमाडौँ — कोरोना संक्रमण बढिरहेकै बेला भक्तपुरमा भने घण्टाकर्ण पर्व मनाइएको छ । यो पर्व उपत्यकाभरि मनाइन्छ । घण्टाकर्ण चतुर्दशीलाई गथामुंगः च:हे भनेर चिनिन्छ। साउन कृष्ण चतुर्दशीका दिन मनाइने यो पर्व परापूर्वकालदेखि नेवार समुदायले मनाउँदै आएका छन् । गोपाल वंश अनि लिच्छवि वंशदेखि यो पर्व मनाइँदै आइएको हो ।यो पर्व गठेमंगल नाम गरेको राक्षस मारिएको खुसियालीमा बिहानै हरियो नर्कट, निगालो, गहुँको छ्वाली मिसाएर घण्टाकर्णको स्वरुप बनाइ दोबाटो र चौबाटोमा उभ्याउने चलन छ । अन्त्यमा घण्टाकर्णको प्रतिमालाई आगोले जलाइन्छ या खोलामा लगेर बगाइन्छ ।मानिसहरु बिहान स्नान पूजापाठ गरी घर, आँगन सफा गर्छन्, केटाकेटीहरू बाटोमा डोरी टाँगेर पैसा माग्छन् । यस दिनमा नराम्रा तत्त्व र दुर्भाग्यबाट गठेमंगलको औंठीले सुरक्षा दिने जनविश्वासका कारण धातुको औंठी लगाउने चलन पनि रहेको छ ।
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/reward-900x100-pxl-2462024072414.gif)
![मनाइयो घण्टाकर्ण पर्व](https://i3.ytimg.com/vi/zZfKH3e-scc/maxresdefault.jpg)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/sathi-deposit-900-100-1262024124333.gif)
यसदिन बालबालिकाहरुले घण्टकर्णको प्रतिमा बनाइ बटुवाहरुसँग दान लिन्छन्, दिन नमानेका बटुवाहरुलाई घण्टाकर्णको नाति भनेर जिस्काउँछन् । भूतप्रेत भगाउने यो गठेमंगल पर्व सकिएसँगै उपत्यकामा लाखे नाच र जात्राहरू हुन्छन् ।जनस्वास्थ्यविद्हरु अस्पतालमा कोरोनाका बिरामीले बेडहरु भरिन थालेपछि कोरोना महामारीको तेस्रो लहर आइसकेको निष्कर्षमा पुगेका छन् । उपत्यकाका तीनैवटा जिल्ला प्रशासन कार्यालयले कोरोना महामारी फैलिन सक्ने भन्दै भीडभाड नगर्न, सभा सम्मेलन गोष्ठी आदि कार्यहरुमा पनि रोक लगाएको छ । अघिल्लो वर्ष भक्तपुर नगरपालिकाले गठेमंगल र गाईजात्रा पर्वलाई औपचारिक पूजाआजामा सीमित गरेर गर्न आग्रह गरेको थियो ।
प्रकाशित : श्रावण २२, २०७८ २२:१५