कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

असार १५ को रौनक

काठमाडौँ — मंगलवार देशभरका किसानहरुले धान रोपेर असार पन्ध्र मनाएका छन् । असार पन्ध्रलाई धान दिवस भनेर अहिले मनाउन थालिएको छ । मानो रोपेर मुरी उब्जाउने महिना हो असार । गाउँबेसी र तराईका फाँटहरुमा अहिले धान रोप्ने चटारो छ ।

असार १५ को रौनक

हिलो सम्याउँदै बाउसे गरेर छुपुछुपु धान रोप्दै गरेका रोपाहारहरुको दृश्य रमाइलो देखिन्छ । त्यसमाथि लाठे र रोपाहारको दोहोरी असारे भाकाले खेतको माहोल झन् रमाइलो बन्छ । के बच्चा के बुढा एक आपसमा हिलो छ्यापाछ्याप गरेर मनाउँछन् धान दिवस । यसपालि समयमै पर्याप्त पानी परेको कारणले किसानहरु खुसी छन् ।

प्रकाशित : असार १५, २०७८ २०:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?