कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कोरोना महामारीमा अग्रपंक्तिमा खटिएका व्यक्तिहरूको मनोबल बढाउन सडक कला

दिपेन्द्र रोक्का

काठमाडौँ — काठमाडौंका केही युवा कलाकारहरू अहिले रत्नपार्कको आकाशेपुलतलको भित्ता रंगाइरहेका छन् । उक्त सडक कलामा कोरोना भाइरसको महामारीमा अग्रपंक्तिमा खटिएका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, सञ्चारकर्मी र सरसफाइमा खटिएका व्यक्तिहरूको चित्र कोरिएको छ । केही दिनदेखि चार जना कलाकार र तीनजना स्वयंसेवकहरु सडक कलालाई अन्तिम रुप दिन खटिएका छन् ।

कोरोना महामारीमा अग्रपंक्तिमा खटिएका व्यक्तिहरूको मनोबल बढाउन सडक कला

कलाकारहरूमा साङ्गे थिमे लामा,कृपा शेर्पा,सुम्निमा श्रेष्ठ र राजेश महर्जन रहेका छन् भने स्वयंसेवकतर्फ कुन्जाङ शेर्पा, अभिषेक आत्रेय र मातृका तिमिल्सिना छन्। यस कामको नेतृत्व दुजांग शेर्पाले लिएका छन्। कोरोनाको महामारीमा क्रममा अग्रपंक्तिमा खटिएका सम्पूर्ण व्यक्तिहरुप्रति माया र सम्मान व्यक्त गर्दै उनीहरूको काममा थप हौसला मिलोस् भनेर सडक कला बनाइएको दुजांग शेर्पाले बताए। आफूहरूलाई स्थानीय तहको साथ प्राप्त भएको उनको भनाइ छ । चित्र बन्दै जाँदा बिहानदेखि खटिएका ट्राफिक प्रहरीले आफ्नो बर्दीको चित्र भित्तामा देख्न पाउँदा निकै खुसी व्यक्त गरेको उनले सुनाए। आफूहरुले बनाएको कलाका माध्यमबाट नागरिकस्तरबाट अग्रपंक्तिमा खटिनेलाई थोरै भए पनि मनोबल बढाउने उनको विश्वास छ । ट्राफिक प्रहरी,डाक्टर र नर्स,जनपथ प्रहरीका सुरक्षाकर्मी, सेना र शव व्यवस्थापनमा खटिएका सैनिक ,पाइलट ,सञ्चारकर्मी र सरसफाइमा खटिएका व्यक्तिहरूको चित्र देख्न सकिन्छ । नेपालको झण्डा र राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख महावीर पुनलाई पनि चित्रमा समावेश गर्ने योजना रहेको उनीहरूले बताए ।

प्रकाशित : जेष्ठ २७, २०७८ ११:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?