अक्सिजन सिलिन्डर कतिबेला भरिएर आउने हो ?- भिडियो - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अक्सिजन सिलिन्डर कतिबेला भरिएर आउने हो ?

कान्तिपुर संवाददाता

काठमाडौँ — बालाजु औद्याेगिक क्षेत्रमा रहेको अक्सिजन उधोगमा अक्सिजन भर्न सवारीसाधन र सर्वसाधारण लाइनमा बस्न थालेका छन् । कोरोना संक्रमितको उपचारमा खपत बढेपछि अस्पतालहरूमा अक्सिजनको अभाव चर्किंदै गएको छ । अक्सिजन अभाव चर्किँदै गएपछि मानिसहरु आफै फ्याक्ट्री गेटसम्म धाउन बाध्य भएका छन ।

खाली सिलिन्डर भरिएर कतिखेर आउने होला भनेर निराश मुद्रामा बसेका भेटिन्छन् । अहिले अस्पताल भर्ना भएका अधिकांश संक्रमितलाई अक्सिजन चाहिन थालेपछि कतिपय व्यापारीले कालोबजारी गर्दा र व्यक्तिगत तहमा समेत जोहो गरेर राख्नाले सिलिन्डर अभाव हुन थालेको छ ।

प्रकाशित : वैशाख २७, २०७८ १७:०१
प्रतिक्रिया
पठाउनुहोस्

मलाई भोट दिएर संसद् बचाउँ : प्रधानमन्त्री ओली

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई विश्वासको मत दिए प्रतिनिधिसभा फेरि विघटन नहुने बताएका छन् । 

प्रतिनिधिसभामा विश्वासको प्रस्तावमाथि उठेका प्रश्नको जवाफ दिने क्रममा ओलीले आफूलाई भोट नदिए संसद् विघटनतिर धकेलिने बताए ।

'मलाई मत दिनुस् कसरी संसद् विघटन हुन्छ ? आफै मत नदिने, विघटनतिर धकेल्ने अनि दोष अरुलाई दिने,' ओलीले भने । उनले प्रतिपक्षी दलहरूलाई सोधे, 'आफै भीरतिर हाम फाल्ने अनि गुरुत्वाकर्षणलाई दोष दिने ?'

'विश्वासको मत दिँएर स्थिरताको पक्षमा काम गरौं,' ओलीले भने ।

पुस ५ गते प्रतिनिधिसभा विघटन गरी सर्वोच्चले पुनःस्थापना गरेको प्रतिनिधिसभासँग ओलीले जोड दिएर विश्वासको मत मागिरहेका छन् । उनले प्रतिपक्षी दलहरूलाई भने, 'संसद्को‌ स्थायित्वका लागि मुद्दा लडेर ल्याएको संसद् बचाउँ, भोट दिउँ ।'

एउटै प्रधानमन्त्री रहोस् र स्थायित्व होस् भनेर संविधानमा नै दुई वर्षसम्म अविश्वासको प्रस्ताव ल्याउन नपाइने व्यवस्था रहेको पनि ओलीको भनाइ थियो ।

प्रकाशित : वैशाख २७, २०७८ १६:४३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×