ज्याकारान्डाले ढकमक्क काठमाडौं- भिडियो - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ज्याकारान्डाले ढकमक्क काठमाडौं

कान्तिपुर संवाददाता

काठमाडौँ — सरकारले जारी गरेको निषेधाज्ञाको सातौं दिन फाट्टफुट्ट रुपमा सवारी साधनहरु चलिरहेका छन् । काठमाडौं उपत्यकाको मौसम पनि केही सुध्रिएको छ । सडकपेटीहरुमा बैजनी रंगका फूलहरु छरपष्ट छरिएका छन् ।

शहिदगेट, टुँडिखेल, रत्नपार्क, दरबारमार्ग लगायतका स्थानमा बैजनी रंगको फुलिरहेको यो फूल ज्याकारान्डा हो । यो फूललाई काठमाडौंका नेवारी समुदायका स्थानीय मालीहरू ‘चखुँचा स्वाँ’ भन्दछन् । ज्याकारान्डा आयातीत वनस्पति हो । यो नेपालको रैथाने फूल होइन । विशेषत: यसलाई दक्षिण अमेरिकी मुलुक ब्राजिलको रैथाने वनस्पति मानिन्छ । यो ब्राजिलको पाराना नदी उपत्यकाबाट संसारका अन्य भागमा विस्तार भएको हो ।ज्याराकान्डाको रूख ६६ देखि ९८ फिटसम्म अग्लो हुन्छ । धेरैजसोले यसलाई शिरीषको फूल पनि भन्ठान्छन् । वास्तवमा अंग्रेजीमा माइमोसा सिरिसा भनिने शिरीषको फूल ज्याकारान्डाभन्दा नितान्त रूपमा फरक हो । तैपनि यसको पात शिरीषको पातसँग धेरै मेल खाने हुँदा वैज्ञानिक नाम ज्याकारान्डा माइमोसिफोलिया राखिएको हो ।

वैशाखको तातोमा ज्याकारान्डा बेस्सरी बौरिएर फुल्छ । घाम चर्केका बेला यसको छहारीमा शीतल लिँदा निकै आनन्द लाग्छ । यी रूख त ढकमक्क नीलो हुन्छन् नै, झरेका फूलले रूख वरिपरि पनि नीलै हुन्छ ।अति आकर्षक र अत्यधिक मात्रामा रूखै छोपिने गरी फुल्ने भएकाले उष्ण क्षेत्रमा पर्ने विश्वका अधिकांश सहरका पार्कहरूमा यसले स्थान पाएको छ । नेपालमा पनि काठमाडौंबाहिर समेत यसको विस्तार हुन थालेको छ ।

ज्याकारान्डा निकै गुनिलो वनस्पति मानिन्छ । यसले हावाको नाइट्रोजन खिचेर माटोलाई मलिलो बनाउन मद्दत गर्छ । वसन्त ऋतुमा ज्याकारान्डा फुलेको बेला आसापासको क्षेत्रसमेत रमणीय देखिन्छ । यसले पर्यावरण हराभरा बनाउन सघाउ पुर्‍याउनुका साथै जैविक विविधता कायम राख्न पनि महत्त्वपूर्ण भूमिका खेलेको छ ।

प्रकाशित : वैशाख २३, २०७८ १६:२९
प्रतिक्रिया
पठाउनुहोस्

कपिलवस्तुमा थप ४ जना कोरोना संक्रमितको मृत्यु

मनोज पौडेल

कपिलवस्तु — कोरोना भाइरस संक्रमणबाट बिहीबार यहाँ ४ जना पुरुषको मृत्यु भएको छ ।

यशोधरा गाउँपालिका–७ का ५८ वर्षीय र कपिलवस्तु नगरपालिका–१ का वर्षीय पुरुषको तौलिहवास्थित चपरतल्लामा रहेको अस्थायी कोभिड अस्पतालमा मृत्यु भएको हाे ।

महाराजगन्ज नगरपालिका–७ का एक पुरुषको कपिलवस्तु अस्पतालमा मृत्यु भएको छ । त्यस्तै कपिलवस्तु नगरपालिका–१ का ५६ वर्षीय पुरुषको घरमै मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयका कोरोना नियन्त्रण फोकल पर्सन उमेश घिमिरेले बताए । बुधबार साँझै भैरहवास्थित मेडिकल कलेजमा बुद्धभूमि नगरपालिका–३ का ३६ वर्षीय पुरुषको मृत्यु भएको छ ।

याेसँगै जिल्लामा संक्रमणबाट मृत्यु हुनेको संख्या ६० पुगेको छ । जिल्लामा कोरोना भाइरस सक्रिय संक्रमित ८ सय २९ जना रहेका छन् ।

प्रकाशित : वैशाख २३, २०७८ १६:२५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×