कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रातो मच्छिन्द्रनाथको रथ बनाइँदै

काठमाडौँ — कोरोनाको कहरबीच वर्षा र सहकालकाका देवता रातो मछिन्द्रनाथको रथ निर्माण कार्य धमाधम हुँदैछ । दैनिक ३० जना व्यक्तिले यसको निर्माण गरिरहेका रहेका छन्। यसवर्ष रथ तान्ने साइत १ गते जेठमा निस्किएको छ । गुठी संस्थानले रथ तान्ने अनुमति दिएको हो । गतवर्ष कोरोना महामारी कै बेला रथ तान्दा स्थानीय र प्रहरीबीच झडप भएको थियो ।

रातो मच्छिन्द्रनाथको रथ बनाइँदै

अन्नका देवता, सहकालका देवता, लोकेश्वर, बुंगद्य अनेकौँ नामले प्रख्यात रातो मच्छिन्द्रनाथ लिच्छविकालतिर देशभर अनिकाल र खडेरी लाग्दा मच्छिन्द्रनाथको प्रवेशले सहकाल ल्याएको र पानी पारेर लोककल्याण कार्य गरेको स्मरणमा प्रत्येकवर्ष वैशाख कृष्ण प्रतिपदादेखि लोकेश्वर अर्थात् रातो मच्छिन्द्रनाथको रथयात्रा गर्ने परम्परा रहिआएको छ ।

प्रकाशित : वैशाख १८, २०७८ १५:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?