कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कोरोना खोप लगाउन बिहानैदेखि लाइन

काठमाडौँ — काठमाडौंका विभिन्न अस्पतालमा कोरोना भाइरसविरुरद्धको खोप लगाउन भीड लागेको छ । सोमबारदेखि १८ देखि ५९ वर्ष उमेर समूहका व्यक्तिलाई खोप दिइँदैछ । उनीहरुलाई चिनियाँ कम्पनी सिनोफार्मले उत्पादन गरेको कोरोना खोप ‘भेरोसेल’ लगाउन लागिएको हो ।

कोरोना खोप लगाउन बिहानैदेखि लाइन

खोपका लागि सर्वसाधारणहरु लामो लाइन बस्न बाध्य छन् । सोमबार १० बजेदेखि खोप लगाउने भए पनि बिहान ६ बजेदेखि नै मानिसहरु लाइन बस्न थालेका थिए । नेपालमा माघ १४ गतेदेखि कोरोना खोप लगाउन सुरु गरिएको हो । भारतले अनुदानमा दिएको १० लाख मात्रा, भारतबाटै खरिद गरिएको १० लाख, भारतीय सेनाबाट सहयोगस्वरूप प्राप्त १ लाख र कोभाक्स सुविधाको पहिलो चरणअन्तर्गत प्राप्त ३ लाख ४८ हजार गरी २४ लाख ४८ हजार मात्रा भित्रिएको छ । यस्तै, चीनको बेइजिङ इन्स्टिच्युट अफ बायोलजिकल प्रोडक्ट्स कम्पनी लिमिटेड (बीआईबीपी), सिनोफार्मअन्तर्गत उत्पादित भेरो सेल ८ लाख मात्रा अनुदानमा प्राप्त भएको छ । हालसम्म देशभर करिब २० लाख जनाले पहिलो मात्राको खोप लगाइसकेका छन् ।

प्रकाशित : वैशाख १३, २०७८ २१:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?