कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

बाँकी रहेका शरणार्थीको जीवनरक्षा होस् : टेकनाथ रिजाल

काठमाडौँ — भुटानी मानवअधिकारवादी नेता टेकनाथ रिजालले घरफिर्ती वा पुनर्वासको टुंगोमा पुग्न नसकेका झण्डै ७ हजार शरणार्थीको जीवनयापनको स्थिति चिन्ताजनक रहेको भन्दै गाँस, बास, कपाससहित मानवअधिकारको रक्षाका निम्ति सरकारसँग आग्रह गरेका छन् ।

बाँकी रहेका शरणार्थीको जीवनरक्षा होस् : टेकनाथ रिजाल

बिचल्लीमा परेका शरणार्थीको सरोकार सुनाउन झापाबाट काठमाडौं आएका नेता रिजालले प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रामबहादुर थापासहितसँग भेटवार्ता गर्दै शरणार्थीले बेहोरेको पछिल्लो कठिनाइबारे अवगत गराएका थिए ।

नेता रिजालले झापा–मोरङका शरणार्थी शिविर र दर्ताविहीन अवस्थामा शिविरबाहिर बसिरहेका भुटानी नागरिकले स्थानीय तहमा व्यवहार गर्न परिचय पत्रसमेत अद्यावधिक गर्न नपाएको तथा गत जनवरीदेखि दातृ निकायले शिक्षा, स्वास्थ्य, खाद्यान्नसहितको सहयोगमा कटौती गरेका कारण कठिनाइको स्थिति रहेको अवगत गराएका थिए ।

प्रकाशित : चैत्र ६, २०७७ १४:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?