२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

पशुपतिमा महाशिवरात्रि उत्सव

दिपेन्द्र रोक्का

काठमाडौँ — महाशिवरात्रि पर्वका अवसरमा काठमाडौंको पशुपतिनाथमा बिहीबार बिहानैदेखि चहलपहल बढेको छ । भक्तनहरूको घुइँचो लागेको छ । पर्वकै लागि पशुपति क्षेत्र सजाइएको छ । नेपालकै विभिन्न स्थानसहित भारतबाटसमेत साधुसन्त आइपुगेका छन् । शिवरात्रिमा भारतीय भक्तजन पनि उल्लेख्य हुने गरेका छन् ।

पशुपतिमा महाशिवरात्रि उत्सव

हिन्दूहरूले विभिन्न शिव मन्दिरहरू पुगेर आराधना, भजन–किर्तन गरेर र जाग्राम बसेर महाशिवरात्रि पर्वमनाउँछन् । प्रत्येक वर्ष फाल्गुन कृष्ण चतुर्दशीको रातलाई शिवरात्रि भनी श्रीशिवको ज्योतिर्लिङ्ग उत्पन्न भएको रातको रुपमा मनाउने परम्परा छ । यस रातलाईहिन्दू धर्मावलम्बीहरु मानवआत्माले मोक्ष प्राप्त गरेको रातका रुपमा लिने गर्छन् ।

मनिसहरुले जानेर वा नजानेर शिवरात्रिको व्रत सम्पन्नगरे पनि मुक्ति मिल्ने पुराणमा उल्लेख छ । हिन्दू धर्मशास्त्रमा भगवान् शिकोउत्पत्ति फाल्गुण कृष्णचतुर्दशीकै दिन भएको मानिन्छ । पर्वका अवसरमा पशुपतिक्षेत्र विकास कोषले आवश्यक व्यवस्थापन गरिएको जनाएको छ ।


कोरोना महामारीका कारण यसपालि मन्दिर प्रवेशमा मास्कअनिवार्य गरिएको छ । यस दिन पशुपतिक्षेत्रमा विशेष घुइँचो हुने भएकाले वरपरका क्षेत्रसम्म सवारी साधन प्रवेशमा कडाइगरिएको छ ।

प्रकाशित : फाल्गुन २७, २०७७ १६:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?