कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

३६ वर्षअघि पाटनबाट चोरिएको मूर्ति अमेरिकाबाट फिर्ता ल्याइने

कान्तिपुर संवाददाता

काठमाडौँ — आर्थिक संकटकै कारण फिर्ता ल्याउन नसकेर अमेरिकामै थन्किने अवस्थामा पुगेको ‘वासुदेव–कमलाजा(लक्ष्मी–नारायण) मूर्ति’ लाई लागेजति खर्च बेहोरेर घर फिर्ता ल्याउन ललितपुर महानगरपालिका तत्पर भएको छ ।

३६ वर्षअघि पाटनबाट चोरिएको मूर्ति अमेरिकाबाट फिर्ता ल्याइने

अमेरिकाको टेक्सास राज्यस्थित डल्लास म्युजियम अफ आर्टमा गत वर्ष मंसिरमा भेटिएको यो मूर्ति सन् १९८४ मा पाटनको पट्को टोलस्थित नारायण मन्दिरबाट हराएको थियो । ‘यो हाम्रो सहर र टोलको पुरातात्विक सम्पदासमेत हो,’ ललितपुर महानगरका मेयर चिरीबाबु महर्जनले आइतबार कान्तिपुरसँग भने—‘३६ वर्षअघि हाम्रो सहरबाट हराएर भेटिएको र अहिले लामो प्रक्रियापछि घर फर्कने अवस्था आइसक्दा पैसाकै संकटले हाम्रो सम्पदा विदेशी भूमिमै अड्कने अवस्था आउने छैन ।’

प्रकाशित : फाल्गुन १९, २०७७ १७:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?