कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

५५ वर्ष माथिका कस्ता व्यक्तिले खोप लगाउन हुन्छ ?

कान्तिपुर संवाददाता

काठमाडौँ — फागुन २३ गतेदेखि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ५५ वर्षभन्दा माथिका व्यक्तिहरुलाई देशव्यापी रुपमा खोप लगाउने तयारी गरेको छ । ५५ वर्षभन्दा माथिका व्यक्तिहरुले खोप लगाउनका लागि के-के कुरामा ध्यान दिनुपर्छ भन्ने विषयमा संक्रामक राेग विशेषज्ञ डा. अनुप सुवेदी गरिएको कुराकानी ।

५५ वर्ष माथिका कस्ता व्यक्तिले खोप लगाउन हुन्छ ?

डा. सुवेदीका अनुसार ५५ वर्ष माथि सबै व्यक्तिले स्वस्फूर्त रुपमा खोप लगाउनु पर्छ । 'यदी कसैलाई कुनै औषधि वा खोपमा प्रयोग गरिएका रसायनले कडा रियाक्सन गर्छ भने त्यस्ता व्यक्तिले लगाउनु हुँदैन । त्यस्तो छैन भने सबैले लगाउँदा नै राम्रो हुन्छ ।' उनका अनुसार खोप लगाए पनि कोरोना संक्रमणबाट जोगिनका लागि अपनाइने उपायहरुको पालना गर्न भने छोड्नु हुँदैन ।

प्रकाशित : फाल्गुन १९, २०७७ १६:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?