लुपस रोगबारे जान्नैपर्ने तथ्यहरु- भिडियो - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

लुपस रोगबारे जान्नैपर्ने तथ्यहरु

बुनु थारु

काठमाडौँ — लुपस यस्तो रोग हो, जुन महिलालाई पुरुषका तुलनामा नौ गुणा बढी हुने गर्छ ।

सिस्टेमिक लुपस इरिथेमाटोसस अर्थात् लुपस एउटा अटोइम्युन रोग हो । यसले शरीरका विभिन्न अंगजस्तै छाला, जोर्नी, मृगौला, मस्तिष्कलगायतलाई प्रभावित गर्छ ।

प्रकाशित : फाल्गुन १०, २०७७ १२:५२
प्रतिक्रिया
पठाउनुहोस्

नागरिकसँग माफी माग्दै राजीनामा दिनुमै प्रधानमन्त्री ओलीको भलाइ छ : संयोजक पाण्डे

कान्तिपुर संवाददाता

काठमाडौँ — विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेले प्रधानमन्त्री केपी शर्मा ओलीले युवा पुस्तालाई चिढाएर गल्ती गरेको अभिव्यक्ति बताएका छन् ।

सोमबार काठमाडौंमा विद्यार्थीहरुसँगको अन्तरक्रियामा संयोजक पाण्डेले अब नेताहरूले युवा पुस्तालाई झुक्याउन नसक्ने बताएका हुन् ।

'देशमा २४ वर्षमुनि आधा जनसंख्या छ। कपुरी क लेख्न सिक्नुभन्दा पहिले स्मार्ट फोन र गुगल चलाएर हुर्केका यो २१ औँ शताब्दीका युवालाई विकास र समृद्धिको बारम्बार गफ दिएर केपी ओली र हालको पुस्ताका नेतृत्वले बारम्बार झुक्क्याएको छ। त्यसैले अब केपी ओलीको पुस्तालाई नै विस्थापन गरेर युवा पुस्ताले नेतृत्व गर्नुपर्छ,’ पाण्डेले भने।

पाण्डेले थपे, ' देशको, संविधानको, लोकतन्त्रको भलो केपी ओलीले नागरिकसँग माफी माग्दै राजीनामा दिनुमै छ। अझ, यसो गर्दा सबैभन्दा बढी उनको भलो हुन्छ ।'

प्रतिनिधि सभा विघटनको असंवैधानिक कदमपछि उत्पन्न सङ्कटले संवैधानिक र राजनीतिक अस्थिरता निम्त्याउनुका साथै युवाहरूमा गम्भीर नैराश्यता पनि उब्जिएको उनको धारणा थियो । 'कामचलाउ' सरकारले गरेको संवैधानिक आयोगहरूका नियुक्तिहरू, प्रदेश प्रमुखको फेरबदल, सरकारी स्रोतको दुरुपयोगले लोकतन्त्रको र विधिको शासनको हत्या गरेको पाण्डेले बताए।

शान्ति, समृद्धि र विकासका सपना पूरा हुनका लागि लोकतान्त्रिक पद्धति स्थिर र बलियो हुन जरुरी भएकाले अहिले सम्पूर्ण युवा शक्ति प्रतिनिधिसभा विघटनविरुद्ध एक भएर उभिनुपर्नेमा पाण्डेको जोड थियो।

प्रकाशित : फाल्गुन १०, २०७७ १२:१६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×