कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

छोइला बनाउने तरिका

काठमाडौँ — नेवाः समुदायमा एउटा प्रचलित परिकार हो छोइला । समयबजीमा अनिवार्य रहने यो परिकार सगुनदेखि अरु शुभ कार्यहरुमा समेत त्यसको प्रयोग परापूर्वकालदेखि नै हुँदै आएको हो । यसबाहेक भोज र खाजा खाजाको रुपमा यसको प्रयोग हुने गरेको छ। विशेषगरी बफको बन्ने छोइला समयसंगै अरु मासुहरुको पनि बन्दै आएको छ । मासुलाई पोलेर मरमसला हाली मोल्ने यो परिकार अलिकति पीरो र मसालेदार स्वाद पाउन सकिन्छ ।

छोइला बनाउने तरिका

छोइला बनाउन मासुलाई बोसो र नसा हटाएर लाम्चो आकारमा काट्नु पर्दछ । काटिसकेको मासुलाई ढुसुमा राखेर परालको आगोमा १० मिनेट पोलिन्छ । अब पोलेको मासुलाई पानीमा पखालिन्छ र सानो -सानो टुक्रामा काटिन्छ । काटेको मासुलाई अब अदुवा, लसुन, खुर्सानी, जिरा आदि पिसेर मोली त्यसमा भुटेको तेल हालेर मोलिन्छ । थप जान्नका लागिमाथि दिएको भिडियोमा बताइएको छ ।


प्रकाशित : माघ २३, २०७७ १६:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?