कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जाडोमा छालाको स्याहार कसरी गर्ने?

काठमाडौँ — गर्मीभन्दा जाडोमा आद्रता कम हुने भएकाले यो समयमा छालाको विशेष स्याहार चाहिन्छ । छाला सुख्खा भएपछि विभिन्न समस्याहरु आउन सक्छन् । जाडोमा छाला सुख्खा भएर चिलाउने हुनाले सुतीको कपडा प्रयोग गर्ने र बाहिरबाट ऊनीको लुगा प्रयोग गर्नुपर्छ ।

जाडोमा छालाको स्याहार कसरी गर्ने?

जाडोमा चिसोले गर्दा हातखुट्टा खाने समस्या आउन सक्छन् जसलाई ‘चिल्बिलेन्स’ भनिन्छ । चिसो हावा र पानीमा काम गर्ने मानिसलाई यो देखिन्छ । जस्तै रातो बिबिरा आउने र चिलाउन सक्ने हुन्छन् । समयमा उपचार गरिएन भने घाउ खटिरा बन्न सक्छन् । जाडो मौसममा तातो पानीको प्रयोग गर्ने र चिसो हावाबाट जोगिनुपर्छ । चिसोमा ‘सोरायसिस’ नामक छालाको रोग बल्झिन सक्छन् । त्यसैले जाडोमा तातो पानीको प्रयोग गर्ने र चिसो हावाबाट बच्नुपर्छ । छाला सुख्खा हुन नदिन छालामा मोइस्चराइजर लगाउनुपर्छ । मोइस्चराइजर पेट्रोलियमयुक्त हुनपर्छ । मोइस्चराइजर बास्नारहित लगाउनुपर्छ किनकी कहिलेकाहीँ यसले एलर्जीको समस्या गराउन सक्छ । साबुन प्रयोग गर्दा मोइस्चराइजिङ साबुनको प्रयोग गर्नुपर्छ जस्तै त्यसमा ग्लिसरिन मिसिएको हुनुपर्छ । बाक्लो पञ्जा र मोजाको प्रयोग गर्नुपर्छ ।छालाको समस्या आए चिकित्सकसित सम्पर्क गर्नुपर्छ ।

प्रकाशित : पुस २२, २०७७ १५:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?