कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रिमोट सेन्सिङसम्बन्धी अनुसन्धानमा जोड

काठमाडौँ — अमेरिकाको इन्भारोन्मेन्ट प्रोटेक्सन एजेन्सी (ईपीए) का सेन्सिङ एन्ड स्पासिएल एनालाइसिस विभागका प्रमुख वैज्ञानिक चन्द्र गिरीले नेपालले रिमोट सेन्सिङसँग सम्बन्धित अनुसन्धानलाई जोड दिनुपर्ने बताएका छन् ।

रिमोट सेन्सिङसम्बन्धी अनुसन्धानमा जोड

नेपाल विज्ञान पत्रकार समूहले आइतबार काठमाडौंमा आयोजना गरेको मिट द साइन्टिस्ट कार्यक्रममा आफ्नो अनुसन्धान र अनुभव सुनाउदै गिरीले नेपालमा डेटा सेन्टर सञ्चालन अति आवश्यक भएको बताएका हुन् । भौगोलिक सूचना प्रणालीबाट प्राप्त तथ्यांकलाई प्रयोग गरेर अन्तर्राष्ट्रिय स्तरका अनुसन्धानहरू गर्न सकिने उनको भनाइ छ । ‘जलवायु परिवर्तन, भौगोलिक क्षेत्रमा आएको परिवर्तन, वनक्षेत्रको अवस्था अध्ययन गर्न रिमोट सेन्सिङ धेरै नै आवश्यक छ,’ उनले भने ।

अमेरिकाको भौगर्भिक सर्भे विभाग (यूएसजीएस) मा सिनियर वैज्ञानिकको रुपमा काम गरेका गिरीले गिरीले विश्वका समुद्र तथा तटीय क्षेत्रका जंगल (म्यानग्रुब फरेस्ट) बारे विस्तृत अध्ययन गरेका छन् । रिमोट सेन्सिङका विभिन्न पुस्तकका लेखक गिरीले विश्वको पहिलो ३० मिटरको हाइ रिजोलुसन भएको म्यानग्रुब फरेस्टको डेटाबेस तयार गरेका थिए ।

प्रकाशित : वैशाख ३१, २०८० २०:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?