बैंकिङ क्षेत्र दैनिक साइबर अपराधका घटनासँग जुधिरहेको छ : चिफ अपरेटिङ अफिसर पन्त- विज्ञान र प्रविधि - कान्तिपुर समाचार

बैंकिङ क्षेत्र दैनिक साइबर अपराधका घटनासँग जुधिरहेको छ : चिफ अपरेटिङ अफिसर पन्त

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रभु बैंककी चिफ अपरेटिङ अफिसर रश्मी पन्तले  पछिल्लो समय बैंकिङ क्षेत्रले  दैनिक रूपमा साइबर असुरक्षासम्बन्धी घटनाहरूको सामना गरिरहेको बताएकी छिन् ।

कान्तिपुर मिडिया ग्रुपले बिहीबार आयोजना गरेको 'कान्तिपुर : साइबर सेक्युरिटी डायलग १‍.०' को पहिलो सत्र 'अधिक प्रयोग : न्यून साक्षरता' मा आफ्ना कुरा राख्दै पन्तले साइबर अपराधसम्बन्धी घटनाहरू सामान्य ट्रेन्डजस्तै भएको बताइन् ।

'बैंकमा दैनिक एउटा/दुइटा मात्र घटना आउँदैनन् । फेसबुक, इन्स्टाग्रामलगायत विभिन्न सञ्जालबाट यस्ता घटनाहरू आउँछन्,' उनले भनिन् । केही समयअघि एटीएम ह्याक गरेर पैसा निकालिएको उदाहरण दिँदै उनले भनिन्, 'त्योबेला बैंकलाई बर्डन पनि भएको थियो । समग्र अर्थतन्त्रमा असर परेको थियो ।

झट्ट हेर्दा बैंक भिक्टिम भयो, त्योसँग जोडिएका अरु कम्पनी पनि थिए । बैंकले आफनो सिस्टमलाई इनटेक बनायो रोबस्ट बनायो ।' बैंकिङ ठगीमा सधैं प्रविधिगत त्रुटि मात्र नहुने पनि उनले प्रस्ट पारिन् । उनले अगाडि भनिन्, 'सधैं टेक्नोलोजिकल ब्रिच मात्र हुन्छ भन्ने हुँदैन । अहिलेको ट्रेन्ड हेर्ने हो भने टेक्नोलोजीभन्दा टेक इट इजीका रूपमा लिँदा यस्तो भएको हो ।'

नेपाली बैंकिङ क्षेत्रमा २ वटा घटनामा मात्र 'टेक्नोलोजिकल ब्रिच' भएको उनले बताइन् । बैंकहरूले दैनिक रूपमा भोग्दै आएका चुनौतीलाई सामना गर्दै 'रिप्लेसमेन्ट' भइरहको पनि उनको भनाइ थियो। विश्वका अधिकांश देश बैंकिङलगायत विभिन्न क्षेत्रमा भविष्यमा आउन सक्ने साइबर सुरक्षासम्बन्धी चुनौतीको सामनाका लागि तयार भए नेपाल भने अझै पछि रहेको उनले बताइन् ।

प्रकाशित : फाल्गुन ११, २०७९ १६:१३
प्रतिक्रिया
पठाउनुहोस्

लिग-२ शृंखलाका विजेता खेलाडीलाई प्रतिव्यक्ति दुई लाख पुरस्कार दिने प्रधानमन्त्रीको घोषणा

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालले आईसीसी विश्वकप लिग–२ शृंखलाका विजेता खेलाडीलाई प्रतिव्यक्ति दुई लाख रूपैयाँ पुरस्कार दिने घोषणा गरेका छन् ।

बुधबार दिउँसो विजेता खेलाडीहरूलाई बालुवाटारमा बोलाएर प्रधानमन्त्रीले बधाई दिनुका साथै पुरस्कार समेत दिने घोषणा गरेका हुन् । खेलाडीहरूलाई बधाई दिँदै प्रधानमन्त्रीले भने, 'सर्वप्रथम इतिहास रच्नुभएकोमा तपाईंहरूलाई बधाई छ। तपाईंहरूले नयाँ रेकर्ड बनाउनुभएको छ, इतिहास रच्नुभएको छ । चार खेलमा पूरै विजय हासिल गरेर क्लिनस्वीप गर्नुभएको छ । यो देशकै गौरव हो ।'

खेलाडीहरूकै कारण देशकै गौरव र प्रतिष्ठा बढेको प्रधानमन्त्रीले बता‍ए । 'म सबै नेपालीहरूको तर्फबाट तपाईंहरूलाई हार्दिक बधाई ज्ञापन गर्दछु । तपाईंहरूलाई फेरि पनि सफलता मिलोस् । आउने प्रतिस्पर्धाका लागि शुभकामना छ । तपाईंहरूलाई प्रेरणा मिलोस् भनेर मैले नेपाल सरकारको तर्फबाट प्रतिखेलाडी २ लाख पुरस्कार दिने घोषणा गर्दछु ।'

पहिले पहिले खेल जीवनका लागि, अनुशासनका लागि भनिने गरेकोमा अब खेल देशका लागि भएको प्रधानमन्त्रीले बताए । अर्थतन्त्रको उत्थानका लागि, राष्ट्रिय प्रतिष्ठाका लागि र कूटनीतिक उचाइका लागि खेल आवश्यक रहेको दाहालले बताए । खेल क्षेत्रलाई सामान्य आँखाले हेर्नु देशकै लागि गल्ती हुने उनको भनाइ थियो ।

सो अवसरमा खेलाडीहरूले लिग चलिरहेकै बेला प्रधानमन्त्रीले आफूलाई हौसला दिएकोमा धन्यवाद दिँदै नेपाली खेलाडीहरूले वास्तविक अभिभावक पाएको भन्दै खुसी व्यक्त गरेका थिए ।

प्रकाशित : फाल्गुन ११, २०७९ १५:५६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×